काठमाडौँ-हेटौँडा सडकः कतै पहिरो, कतै भासिए सडक (तस्विरहरु)

काठमाडौँ । देशको केन्द्रीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने सडकमध्ये टीकाभैरव-हेटौँडा सडक (कान्ति लोकपथ) अहिले सबैभन्दा चल्तीको सडक हो । पछिल्लो समय बीपी राजमार्गमा समस्या आएकाले हेटौँडा हुँदै पूर्व जाने सवारीसाधनले पनि यो सडक प्रयोग गर्ने गरेका छन् । बाढीको जोखिमका कारण अहिले बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ५ः३० सम्म सवारीसाधन चलाउन […]

Jun 23, 2025 - 09:24
 0
काठमाडौँ-हेटौँडा सडकः कतै पहिरो, कतै भासिए सडक (तस्विरहरु)

काठमाडौँ । देशको केन्द्रीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने सडकमध्ये टीकाभैरव-हेटौँडा सडक (कान्ति लोकपथ) अहिले सबैभन्दा चल्तीको सडक हो ।

पछिल्लो समय बीपी राजमार्गमा समस्या आएकाले हेटौँडा हुँदै पूर्व जाने सवारीसाधनले पनि यो सडक प्रयोग गर्ने गरेका छन् । बाढीको जोखिमका कारण अहिले बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ५ः३० सम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।

यसो त टीकाभैरव-हेटौँडा सडक पनि जोखिम रहित भने छैन। टीकाभैरवदेखि भिमफेदी (बागमती पुलसम्म) ठाउँठाउँमा पहिरो झरेको छ । पानी परेपछि बाटो हिलो भएर सवारी साधन फस्ने समस्या छ । पानी परेको बेला हुस्सु लागेर भिजिबिलिटी निकै कम हुने गरेको छ ।

यसैगरी भिमफेदी (बागमती खोला) देखि मकवानपुर गढीसम्म ठाउँठाउँमा सुख्खा पहिरो जाने अनि ढुंगाहरु खस्ने भइरहेको छ । बाटो निर्माणको काम पनि भइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register