भेज खानामा कुखुराको हड्डी हालेर दिएको भन्दै जिम्बु थकालीविरुद्ध काठमाडौँ महानगरमा उजुरी

काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित जिम्बु थकालीविरुद्ध काठमाडौँ महानगरमा उजुरी परेको छ । भेज खानामा कुखुराको हड्डी दिएको भन्दै थकालीविरुद्ध महानगरमा उजुरी परेको हो । ग्राहकले मगाएको भेज खानामा आएको दालमा हड्डी परेपछि ग्राहकले खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।  सो भिडियोमा ग्राहकले जिम्बु थकालीका कर्मचारीलाई भेज खानामा हड्डी कसरी पर्यो भन्दै प्रश्न गरेका […]

Jun 24, 2025 - 11:13
 0
भेज खानामा कुखुराको हड्डी हालेर दिएको भन्दै जिम्बु थकालीविरुद्ध काठमाडौँ महानगरमा उजुरी

काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित जिम्बु थकालीविरुद्ध काठमाडौँ महानगरमा उजुरी परेको छ । भेज खानामा कुखुराको हड्डी दिएको भन्दै थकालीविरुद्ध महानगरमा उजुरी परेको हो ।

ग्राहकले मगाएको भेज खानामा आएको दालमा हड्डी परेपछि ग्राहकले खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । 

सो भिडियोमा ग्राहकले जिम्बु थकालीका कर्मचारीलाई भेज खानामा हड्डी कसरी पर्यो भन्दै प्रश्न गरेका थिए । सो क्रममा दालमा झुक्किएर हड्डी परेको भन्दै कर्मचारीले माफी मागेको पनि प्रष्ट सुनिन्छ । 

खानाका लागि प्रसिद्ध जिम्बु थकालीमा भेज खानामै मासुको हड्डी भेटिएपछि थकालीविरुद्ध काठमाडौँविरुद्ध महानगरमा उजुरी परेको हो । 

जिम्बु थकालीविरुद्ध उजुरी परेको यो पहिलो पटक भने होइन । यसअघि पनि ३५ रुपैयाँ पर्ने पानीलाई १०० रुपैयाँ लिएपछि वाणिज्य विभागले सोही जिम्बु थकालीले ३ लाख जरिवाना तिराएको थियो । अहिले सोही थकालीमा कुखुराको मासुको हड्डी भेज खानामा परेको भेटिएपछि थकालीविरुद्ध महानगरमा उजुरी परेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register