काठेखोलामा दोबिल्ला–चनौटे झोलुङ्गे पुल सञ्चालनमा

बागलुङ । काठेखोला गाउँपालिका ६ दोबिल्ला र वडा १ चनौटे जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको छ । २८ लाख २३ हजार ६ सय १ रुपियाँको लागतमा निर्माण भएको यस पुलले स्थानीयहरूलाई आवतजावत र खाद्यन्न ढुवानीमा सहजता ल्याउने स्थानीयका लागि ठूलो राहत भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले योजना […]

Jun 26, 2025 - 08:02
 0
काठेखोलामा दोबिल्ला–चनौटे झोलुङ्गे पुल सञ्चालनमा

बागलुङ ।

काठेखोला गाउँपालिका ६ दोबिल्ला र वडा १ चनौटे जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको छ । २८ लाख २३ हजार ६ सय १ रुपियाँको लागतमा निर्माण भएको यस पुलले स्थानीयहरूलाई आवतजावत र खाद्यन्न ढुवानीमा सहजता ल्याउने स्थानीयका लागि ठूलो राहत भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले योजना छनोट गरी निर्माण गरेको पुलमा संघीय सरकारले ८५ प्रतिशत, स्थानीय तहले १३ प्रतिशत र २ प्रतिशत जनश्रमदान गरेको छ ।

काठेखोलाका अध्यक्ष राजु थापाले पुलले बजार किनमेल, विद्यालय आवतजावत र दैनिक जीवन सहज हुने बताए । हाल जिल्लामा झोलुङ्गे पुलको संख्या बढ्दै गएको छ र आगामी आर्थिक वर्षमा थप सात पुल निर्माण हुने तयारी पनि भइरहेको छ । यसले चार हजारभन्दा बढी स्थानीयलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register