सलमान खान बने क्रिकेट क्लबका मालिक

मुम्बई, १२ असार । सलमान खान एक क्रिकेट क्लबका प्रमुख बनेका छन् । शाहरुख खानलाई पछ्याउँदै अर्का बलिउड अभिनेता सलमान खान पनि क्रिकेटको दुनियाँमा प्रवेश गरेका हुन् । भारतीय संचारमाध्यमका अनुसार उनी एक क्रिकेट क्लबका मालिक बनेका छन् । तर, आइपीएल चाहिँ होइन । इन्डियन स्ट्रिट प्रिमियर लिग (आईएसपीएल)को लागि उनी दिल्लीको एक क्लबका प्रमुख [...] The post सलमान खान बने क्रिकेट क्लबका मालिक appeared first on Jhapa Online.

Jun 26, 2025 - 09:58
 0
सलमान खान बने क्रिकेट क्लबका मालिक

मुम्बई, १२ असार । सलमान खान एक क्रिकेट क्लबका प्रमुख बनेका छन् । शाहरुख खानलाई पछ्याउँदै अर्का बलिउड अभिनेता सलमान खान पनि क्रिकेटको दुनियाँमा प्रवेश गरेका हुन् ।

भारतीय संचारमाध्यमका अनुसार उनी एक क्रिकेट क्लबका मालिक बनेका छन् । तर, आइपीएल चाहिँ होइन । इन्डियन स्ट्रिट प्रिमियर लिग (आईएसपीएल)को लागि उनी दिल्लीको एक क्लबका प्रमुख बनेका हुन् ।

नयाँ दिल्ली क्लब र सलमानको संलग्नताले यो लिगको द्रुत विकास र बढ्दो सांस्कृतिक प्रवर्धनमा मद्दत गर्ने आयोजकको विश्वास छ ।

आइएसपीएललाई भारत रत्न सचिन तेन्दुलकर, एसियाली क्रिकेट परिषद्का सदस्य तथा क्याबिनेट मन्त्री आशिष शेलार, मीनल अमोल काले र सुरज समत सम्मिलित कमिटीले समर्थन गरेको छ ।

यो नयाँ क्रिकेट लिगको दोस्रो संस्करणलाई २८ मिलियन दर्शकले टिभीमा हेरेका थिए भने दर्शक संख्यामा ४७ प्रतिशतले वृद्धि भएको थियो । तेस्रो सिजनमा सलमान खानजस्ता स्टार जोडिएका छन् ।

अमिताभ बच्चन, अक्षयकुमार, ऋतिक रोशन, करिना र सैफअली खान, रामचरण, सूर्या यसअघि नै लिगको बोर्डमा जोडिएका छन् । स्टार पावरको मद्दतमा यो लिगले थप चर्चा पाउने विश्वास आयोजकको छ ।

The post सलमान खान बने क्रिकेट क्लबका मालिक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register