सामान्य अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ४५ अंकले घटेर २५९५ दशमलव ७४ को विन्दुमा पुगेको छ । बिहीबार ३०६ कम्पनीका ७४ हजार २३९ पटकको कारोबारमा एक करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Jun 26, 2025 - 11:06
 0
सामान्य अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ४५ अंकले घटेर २५९५ दशमलव ७४ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०६ कम्पनीका ७४ हजार २३९ पटकको कारोबारमा एक करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ रुपैयाँ रहेको छ ।

९३ कम्पनीको सेयर मूल्य बढ्दा १५५ कम्पनीको घटेको छ । आज बुटवल पावर कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register