२१ वर्षपछि सासुको हत्या गर्ने ज्वाइँ पक्राउ

पाल्पा, १२ असार । जिल्ला प्रहरी कार्यालय पाल्पाले सासुको हत्या गर्ने ज्वाइँलाई २१ वर्षपछि पक्राउ गरेको छ । २०६१ साल असार १९ गते पाल्पाको साबिक सिलुवा गाविस ९ हाल पूर्बखोला गाउँपालिका १ गुनडाँडामा ५५ वर्षीया सासु चिनीसरा सार्कीको हत्या गरी फरार रहेका सोही स्थानका ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई २१ वर्षपछि पाल्पा प्रहरीले पक्राउ गरेको हो [...] The post २१ वर्षपछि सासुको हत्या गर्ने ज्वाइँ पक्राउ appeared first on Jhapa Online.

Jun 26, 2025 - 12:53
 0
२१ वर्षपछि सासुको हत्या गर्ने ज्वाइँ पक्राउ

पाल्पा, १२ असार । जिल्ला प्रहरी कार्यालय पाल्पाले सासुको हत्या गर्ने ज्वाइँलाई २१ वर्षपछि पक्राउ गरेको छ ।

२०६१ साल असार १९ गते पाल्पाको साबिक सिलुवा गाविस ९ हाल पूर्बखोला गाउँपालिका १ गुनडाँडामा ५५ वर्षीया सासु चिनीसरा सार्कीको हत्या गरी फरार रहेका सोही स्थानका ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई २१ वर्षपछि पाल्पा प्रहरीले पक्राउ गरेको हो ।

पूर्ण बहादुर भारतमा लुकिछिपी बसेको र नेपाल फर्किने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले आज बिहान करिब ४ बजेको समयमा बाँके जिल्ला नेपालगन्ज उप महानगरपालिका–१५ स्थित जमुनाह भन्सारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

मृतको छोरीले दोस्रो बिहे गरी अन्यत्र गएपछि झगडा हुँदा पूर्ण बहादुरले कुटपिटसँगै घाँटी थिचेर हत्या गरेर भारततर्फ भागेका थिए । पूर्ण बहादुरलाई मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी महलको १ नम्बर बमोजिम ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत, पाल्पाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (१) बमोजिम ५ दिन म्याद लिई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

The post २१ वर्षपछि सासुको हत्या गर्ने ज्वाइँ पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register