पुतलीबजारको बजेट १ अर्ब ४ करोड

स्याङ्जा स्याङ्जाको पुतलीबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि १ अर्ब ३ करोड ९६ लाख रुपैयाँ बराबरको बजेट ल्याएकोे छ । १७ औं नगर सभामा नगर उपप्रमुख देवी अर्यालले आगामी आवको लागि उक्त रकम बराबरको बजेट ल्याएकी हुन् । बजेटमा चालुतर्फ ६४ करोड ८ लाख र पँुजीगत तर्फ ३९ करोड ८८ लाखको बजेट प्रस्ताव […]

Jun 26, 2025 - 18:08
 0
पुतलीबजारको बजेट १ अर्ब ४ करोड

स्याङ्जा

स्याङ्जाको पुतलीबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि १ अर्ब ३ करोड ९६ लाख रुपैयाँ बराबरको बजेट ल्याएकोे छ । १७ औं नगर सभामा नगर उपप्रमुख देवी अर्यालले आगामी आवको लागि उक्त रकम बराबरको बजेट ल्याएकी हुन् । बजेटमा चालुतर्फ ६४ करोड ८ लाख र पँुजीगत तर्फ ३९ करोड ८८ लाखको बजेट प्रस्ताव गरिएको छ ।

शिक्षालाई पहिलो प्राथमिकतामा राखी ५ वर्षे शैक्षिक रणनीति सहित नगर शिक्षा योजना तयार गर्ने, कक्षा ५ सम्मका बालिकालाई छात्रवृत्ति सहित निःशुल्क पाठयपुस्तक उपलब्ध गराउने, एक वडा एक खेल मैदान बनाउने महत्वकांक्षी बजेट प्रस्तुत गरिएको छ ।

कक्षा १२ को परीक्षा दिएकालाई लोक सेवा तथा क्यारिअर काउन्सिलिङ र सूचना प्रविधिसम्बन्धी तालिम, योग, ध्यान, व्यायाम, आयुर्बेदिक उपचार, स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, कुमाल, बोटे, माझी, गन्धर्व, वादी र ‘ग’ वर्गका अपांगता भएका ब्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा, ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँचसहित औषधोपचारको नीति लिएको बजेटमा उल्लेख गरिएको छ ।

यसैगरी, बजेटमा उपप्रमुखसँग सुत्केरी आमा पोषिलो खाना, उपप्रमुखसँग महिला, ९० दिन ९० अण्डा, सार्वजनिक पर्यटकीय स्थल, ऐतिहासिक मठ, मन्दिर पाटीपौवा, प्रतीक्षालय, विभिन्न धार्मिक विद्यालय तथा स्थानहरु, खानेपानी तथा शौचालय निर्माणमा प्राथमिकता, एकीकृत खानेपानी आयोजना, कृषि उत्पादनमा जोड, कृषिमा ५० प्रतिशत अनुदान, बाँझो जग्गामा खोती गर्नेलाई प्रतिरोपनी २ सय नगद अनुदान सहित प्रोत्साहित गर्ने व्यवस्था गरिएको छ ।

साथै, सहकारी शिक्षा, निस्क्रिय सहकारीलाई लिक्डिेशन तथा मर्जरको व्यवस्था, बेरुजु सम्परीक्षण, कर्मचारी तथा जनप्रतिनिधिको क्षमता तथा दक्षता अभिवृद्धिसँगै सूचना तथा प्रविधिको पहँुचमा ल्याइने, टुक्रेयोजना निरुत्साहित, घरधुरी सर्वेक्षण, पुरातत्व झल्किने चुना, इँटा, साल, तामाका छानाको प्रयोगमा जोड, एक घर एक फलफूल बिरुवा, एक वडा एक पोखरी, एक वडा एक हरियाली पार्क निर्माणमा जोड दिइने झण्डै २ सय बँुदे कार्यक्रम ल्याइएको छ । बजेट लगायतका अन्य कार्यक्रम सहित २१ गते पुनः बैठक बस्नेगरि नगरसभा सम्पन्न भएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । स्थानीय उत्पादन, रोजगारी सृजना, सुशासन र पारदर्शितामा जोड दिदै नागरिकमैत्री शासन प्रणालीको स्थापना आगामी बर्षका लागि मुख्य प्राथमिकतामा रहेको नगर प्रमुख रेग्मीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register