लायन्स क्लब अफ कनकाई सुरुङ्गाको अध्यक्षमा दाहाल

कनकाई, १३ असार । लायन्स क्लब अफ कनकाई सुरुङ्गाको अध्यक्षमा मानबहादुर दाहाल (कुमार) चयन हुनुभएको छ । क्लबको नवौ वार्षिक साधारणसभा तथा अधिवेशन बाट लायन्स क्लब अफ कनकाई सुरुङ्गाको आगामी बर्ष २०२५/०२६ को अध्यक्षमा दाहाल सर्वसम्मत चयन हुनुभएको हो । त्यस्तै प्रथम उपाध्यक्षमा लायन पन्कज खड्का, द्वितीय उपाध्यक्षमा लायन राजकीशोर चौधरी र तृतीय उपाध्यक्षमा लायन [...] The post लायन्स क्लब अफ कनकाई सुरुङ्गाको अध्यक्षमा दाहाल appeared first on Jhapa Online.

Jun 27, 2025 - 15:03
 0
लायन्स क्लब अफ कनकाई सुरुङ्गाको अध्यक्षमा दाहाल

कनकाई, १३ असार । लायन्स क्लब अफ कनकाई सुरुङ्गाको अध्यक्षमा मानबहादुर दाहाल (कुमार) चयन हुनुभएको छ ।

क्लबको नवौ वार्षिक साधारणसभा तथा अधिवेशन बाट लायन्स क्लब अफ कनकाई सुरुङ्गाको आगामी बर्ष २०२५/०२६ को अध्यक्षमा दाहाल सर्वसम्मत चयन हुनुभएको हो ।

त्यस्तै प्रथम उपाध्यक्षमा लायन पन्कज खड्का, द्वितीय उपाध्यक्षमा लायन राजकीशोर चौधरी र तृतीय उपाध्यक्षमा लायन शिवशंकर महाशेठ, सेक्रेटरीमा लायन लता चिमरिया , ट्रेजररमा लायन डम्बर थापा साजन, क्लब एड्मिनिस्टेटरमा लायन विवेक शिवाकोटी र जोइन्ट सेक्रेटरीमा लायन अभिषेक पोखरेल चयन हुनभएको निर्वाचन समिति संयोजक तथा क्लबका पुर्व अध्यक्ष मनोज बस्नेतले जानकारी दिनुभएको छ ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा भाइस डिस्ट्रीक गभर्नर इलेक्ट कार्यक्रमका प्रमुख अतिथि लायन लिला प्रसाद चिमरियाले क्लबका पुर्व अध्यक्ष लायन रुपनारायण खतिवडा (रमेश) साथै उहाँको टिमले आफ्नो कार्यकालमा गरेको कामको प्रसंशा गर्दै जटिल परिस्थितिमा पनि क्लबको नेतृत्वगरी आजको अवस्थामा ल्याउन असल भुमिका निर्वाह गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

नव निर्वाचित अध्यक्ष दाहाललाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि चिमरियाले आफ्नो कार्यकालमा क्लबका नियमित कार्यलाई निरन्तरता दिदै थप उत्साह र उर्जाका साथ सामाजिक क्षेत्रमा अघिबढ्न आग्रहका गर्दै क्लबका सबै किसिमका कार्यक्रममा आफ्नो तर्फबाट साथसहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

अध्यक्षको मन्तव्यराख्दै क्लबका अध्यक्ष लायन रुपनारायण खतिवडा रमेशले आफुलाई विश्वास गरि दोस्रो पटक पनि क्लबको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरी बर्ष भरिका कार्यमा समेत संगसंगै हातेमालो गर्दै संस्थालाई चलायमान बनाउन अहम भुमिका निर्वाह गर्नु हुने सम्पुर्ण प्रति आभार व्यक्त गर्दै नवनिर्वाचित समितिमा पनि आफ्नो साथ सहयोग सदैव रहने वताउदै नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्नुभएको थियोे ।

क्लबका कोषाध्यक्ष पन्कज मन्डलले क्लबको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा लायन्स क्लब अफ कनकाई दुर्गापुरका अध्यक्ष लायन तिलचन रिजाल , प्रथम उपाध्यक्ष लायन भुवन खतिवडा , लायन्स क्लब अफ कनकाई सुरुङ्गाका सम्पुर्ण लायन्सकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष लायन गङाराम दाहालले बधाई तथा धन्यवाद मन्तव्य राख्नु भएको थियोे । क्लबका अध्यक्ष लायन रुपनारायण खतिवडा रमेशको अध्यक्षमा भएको कार्यक्रमको सन्चालन सचिव लायन विवेक शिवाकोटिले गर्नुभएको थियो ।

The post लायन्स क्लब अफ कनकाई सुरुङ्गाको अध्यक्षमा दाहाल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register