गोमेन्द्र बिर्ता मोडलद्वारा मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन लिएर होटल म्यानेजमेन्ट अध्यापन

बिर्तामोड, १४ असार । झापाको बिर्तामोड–४ मुनाल टोलस्थित गोमेन्द्र बिर्ता मोडेल स्कुलले मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन लिएर होटल म्यानेजमेन्ट कक्षा अध्यापन शुरु गरेको छ । कक्षा–११ र १२ मा होटल मेनेजमेन्ट, कम्युटर साइन्स र विजनेश स्टडिज विषयमा अध्यापन गराउँदै आएको स्कूलले थप स्तरीय शिक्षा दिने उद्देश्यले लिंकन युनिर्सिटीबाट सम्बन्धन लिएर होटल म्यानेजमेन्टका कक्षाहरु सञ्चालन गर्न [...] The post गोमेन्द्र बिर्ता मोडलद्वारा मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन लिएर होटल म्यानेजमेन्ट अध्यापन appeared first on Jhapa Online.

Jun 28, 2025 - 17:13
 0
गोमेन्द्र बिर्ता मोडलद्वारा मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन लिएर होटल म्यानेजमेन्ट अध्यापन

बिर्तामोड, १४ असार । झापाको बिर्तामोड–४ मुनाल टोलस्थित गोमेन्द्र बिर्ता मोडेल स्कुलले मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन लिएर होटल म्यानेजमेन्ट कक्षा अध्यापन शुरु गरेको छ ।

कक्षा–११ र १२ मा होटल मेनेजमेन्ट, कम्युटर साइन्स र विजनेश स्टडिज विषयमा अध्यापन गराउँदै आएको स्कूलले थप स्तरीय शिक्षा दिने उद्देश्यले लिंकन युनिर्सिटीबाट सम्बन्धन लिएर होटल म्यानेजमेन्टका कक्षाहरु सञ्चालन गर्न लागेको गोमेन्द्र बिर्ता मोडेलका निर्देशक उत्तम खनालले जानकारी दिनुभयो ।

आज स्कूल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी स्कूलले कक्षा–११ र १२ मा पढाइ हुने विषयहरुको शुल्क सूची समेत सार्वजनिक गरेको छ । बिर्तामोड क्षेत्रमा मध्यम र न्यून वर्गीय विद्यार्थी पढ्न आउने भएकाले कम शुल्कमा गुणस्तरीय शिक्षा दिन गोमेन्द्र बिर्ता मोडेल प्रतिबद्ध रहेको निर्देशक खनालको भनाइ छ ।

गोमेन्द्र बिर्ता मोडेलले अत्याधुनिक र सुविधा सम्पन्न प्रयोगशालामा दैनिक प्रयोगात्मक कक्षाहरुको माध्यमबाट होटल मेनेजमेन्ट पठनपाठन गराउँदै आएको विद्यालयका भाइस प्रिन्सिपल तीर्थ दाहालले जानकारी दिनुभयो ।

होटल मेनेजमेन्ट अन्तर्गत कक्षा–११ मा भर्ना शुल्क, मासिक शुल्क र प्रयोगात्मक शुल्क गरी ८५ हजार तोकिएको छ भने मलेसियाको लिंकल युनिभर्सिटीसँगको सहकार्यमा डुवल कोर्षका लागि २ लाख ५० हजार, एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा ३ लाख ७० हजार, प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्टसमा ३ लाख ३० हजार र एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्टसमा ५ लाख १० हजार शुल्क तोकिएको छ ।

त्यस्तै, प्रोफेसनल डिप्लोमाका लागि २ लाख ५० हजार, एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा २ लाख ६० हजार, डिप्लोमा इन कलिनरी आर्टसमा २ लाख २० हजार र एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्टसमा ४ लाख शुल्क तोकिएको खनालले जानकारी दिनुभयो ।

उल्लेखित सबै कार्यक्रमहरुमा परीक्षा रजिष्ट्रेशनका लागि अतिरिक्त १२० डलर लाग्ने जनाइएको छ । होटल मेनेजमेन्ट अध्ययन गर्ने विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि पाँचतारे होटलहरुसँग सहकार्य गरिएको जनाइएको छ ।

त्यस्तै, सिटिइभिटी अन्तर्गत वारिष्टा, वेटर–वेट्रेस, बारटेण्डर, रिसेप्सनिष्ट आदिको छोटो अवधिको तालिमसमेत विद्यालयले प्रदान गर्दै आएको प्रिन्सिपल गीता ढकालले जानकारी दिनुभयो ।

कम्प्युटर साइन्स अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना शुल्क ८ हजार, मासिक शुल्क ४ हजार तथा विजनेश स्टडिज गर्नेहरुका लागि भर्ना शुल्क ८ हजार र मासिक शुल्क तीन हजार पाँच सय तोकिएको प्रिन्सिपल ढकालले बताउनभुयो ।

The post गोमेन्द्र बिर्ता मोडलद्वारा मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन लिएर होटल म्यानेजमेन्ट अध्यापन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register