शिवसताक्षीका शिक्षकलाई एआई तालिम

शिवसताक्षी, १४ असार । झापाको शिवसताक्षीमा कृत्रिम बौद्धिमता (एआई) तालिम सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिकाको आयोजना तथा शिवसताक्षी मिडिया प्रालिको समन्वयमा शिवसताक्षीको दूधे एक दिवसीय कृत्रिम बौद्धिमता तालिम सम्पन्न भएको हो । शिवसताक्षी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई प्रविधि मैत्री बनाउन कम्प्युटर शिक्षकहरुलाई तालिम प्रदान गरिएको थियो । तालिमको उद्घाटन गर्दैै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग [...] The post शिवसताक्षीका शिक्षकलाई एआई तालिम appeared first on Jhapa Online.

Jun 28, 2025 - 17:27
 0
शिवसताक्षीका शिक्षकलाई एआई तालिम

शिवसताक्षी, १४ असार । झापाको शिवसताक्षीमा कृत्रिम बौद्धिमता (एआई) तालिम सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिकाको आयोजना तथा शिवसताक्षी मिडिया प्रालिको समन्वयमा शिवसताक्षीको दूधे एक दिवसीय कृत्रिम बौद्धिमता तालिम सम्पन्न भएको हो ।

शिवसताक्षी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई प्रविधि मैत्री बनाउन कम्प्युटर शिक्षकहरुलाई तालिम प्रदान गरिएको थियो । तालिमको उद्घाटन गर्दैै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले प्रविधिको विकासँगै आएका सुविधाहरु प्रयोग गरेर आफुलाई दक्ष बनाउन सहभागी शिक्षकहरुलाई आग्रह गर्नुभयो । उहाँले शिक्षकहरु अब अनिवार्य रुपमा डिजिटल युगसँग अनिवार्य जोडिनु पर्नेमा जोड दिनुभयो ।

त्यस्त शिवसताक्षी नगरपालिकाकी प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले तालिमबाट सिकेको ज्ञानले शिक्षकहरुलाई शिक्षण पेशामा भरपुर सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो । नयाँ प्रविधिलाई अवलम्बन गर्दै आफ्नो पेशा प्रति उर्जाशिल भएर अध्यापन गराउनु हुन उहाँले आग्रह गर्नुभयो ।

तालिमका प्रशिक्षक उमाकान्त खनालले विश्वमा पछिल्लो समय विकशित हुँदै आएको कृति बौद्धिकताको विषयमा चर्चा गर्नुभयो ।

तालिमका सहभागीहरुको तर्फबाट शिक्षक भवानी प्रसाद थापा, मदनमोहन अधिकारी, शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले तालिमको अनुभव सुनाउनु भएको थियो ।

तालिम विहान ११ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको थियो भने, तालिममा ४० जना शिक्षकहरुको सहभागिता रहेको थियो । वडा सदस्य प्रेम भुजेलको अध्यक्षतामा भएको तालिमको सञ्चालन शिवसताक्षी मिडिया प्रा।लि।का सञ्चालक सरोज भट्टराईले गर्नु भएको थियो ।

The post शिवसताक्षीका शिक्षकलाई एआई तालिम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register