झापामा सवारी दुर्घटनामा ८३ जनाको मृत्यु, अधिकांश मोटरसाइकल चालक

झापा, १४ असार । झापामा चालू आर्थिक वर्ष सवारी दुर्घटनामा परी ८३ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानमा १७ सय बढी सवारी दुर्घटना हुँदा ८३ जनाले ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा परी मृत्यु हुने अधिकांश मोटरसाइकल चालक रहेका छन् । यसैबीच, ट्राफिक सचेतना र सडक [...] The post झापामा सवारी दुर्घटनामा ८३ जनाको मृत्यु, अधिकांश मोटरसाइकल चालक appeared first on Jhapa Online.

Jun 28, 2025 - 17:46
 0
झापामा सवारी दुर्घटनामा ८३ जनाको मृत्यु, अधिकांश मोटरसाइकल चालक

झापा, १४ असार । झापामा चालू आर्थिक वर्ष सवारी दुर्घटनामा परी ८३ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानमा १७ सय बढी सवारी दुर्घटना हुँदा ८३ जनाले ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा परी मृत्यु हुने अधिकांश मोटरसाइकल चालक रहेका छन् ।

यसैबीच, ट्राफिक सचेतना र सडक सुरक्षा सम्बन्धी ज्ञान विद्यालय स्तरसम्म पुर्याउने उद्देश्यले आज बिर्तामोडका सबै विद्यालयका प्रधानाध्यापक तथा सामाजिक विषय अध्यापन गराउने शिक्षकलाई प्रशिक्षण प्रदान गरिएको छ ।

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँगको सहकार्यमा अन्तु मिडिया प्रालिले शिक्षकलाई प्रशिक्षण प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सबै विद्यालयका विद्यार्थीलाई अनिवार्य रुपमा ट्राफिक सचेतना र सडक सुरक्षाका विषयमा जानकारी दिनुपर्ने बताउनुभयो ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तीलचन भण्डारीले स्थानीय पाठ्यक्रममा पनि ट्राफिक सचेतना शिक्षा उल्लेख भएको र पाठ्यक्रममा नै समावेश उक्त विषयलाई ट्राफिक प्रहरीसँगको सहकार्यमा हरेक विद्यालयमा ट्राफिक सचेतना शिक्षा अनिवार्य प्रदान गर्नु पर्ने धारणा राख्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गर्नुभएको थियो ।

पत्रकार सुरेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा देवी माध्यमिक विद्यालयकी प्रधानाध्यापक अम्विका श्रेष्ठले हरेक विद्यालयमा ट्राफिक प्रहरीको उपस्थितिमा ट्राफिक सचेतना शिक्षा सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।

The post झापामा सवारी दुर्घटनामा ८३ जनाको मृत्यु, अधिकांश मोटरसाइकल चालक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register