अनुदानमा प्राप्त कृषि प्रविधिले कृषकहरु खुसी

उदयपुर ।  नेपाल सरकार, कृषि तथा पशुपन्छी मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट वितरण गरिएको अनुदानबाट लाभ लिन थालेपछि कृषकहरु अत्यन्त खुसी भएको अनुगमनबाट बुझिएको छ ।  खास गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङको कार्यक्षेत्र रहेको प्राविधिक एकाई उदयपुरले सचांलन गरेको जोन कार्यक्रममा संलग्न भएका किसानहरुले ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा कृषि उपकरण प्राप्त गरेका छन […]

Jul 1, 2025 - 17:40
 0
अनुदानमा प्राप्त कृषि प्रविधिले कृषकहरु खुसी

उदयपुर ।

 नेपाल सरकार, कृषि तथा पशुपन्छी मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट वितरण गरिएको अनुदानबाट लाभ लिन थालेपछि कृषकहरु अत्यन्त खुसी भएको अनुगमनबाट बुझिएको छ । 

खास गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङको कार्यक्षेत्र रहेको प्राविधिक एकाई उदयपुरले सचांलन गरेको जोन कार्यक्रममा संलग्न भएका किसानहरुले ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा कृषि उपकरण प्राप्त गरेका छन ।  सिंचाईकालागि कुलो, खसी बाख्रा तथा बंगुर पालनकालागि खोर बनाउन अनुदान पाएपछि किसानहरुले मनग्गे आम्दानी गर्न थालेका छन् ।

चौदण्डीगढी नगरपालिका वडा नं ८ अपाराका किसान मान बहादुर राईले ५ वर्ष अघिदेखि ऋण लिएर स्थानीय जातका खसी बाख्रा पालन गर्न थालेको र खर्च कटाएर बार्षिक रुपमा करिब ६ लाखसम्म आम्दानी गरिरहेको बताए । 

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट यस वर्ष बाख्राको खोर बनाउन लागतको ५० प्रतिशत र घाँस कटर, २ थान मिलसमेत ५० प्रतिशत अनुदानमा पाएपछि कृषिको काम गर्न सहज भएको बताए ।

यसैगरी चौदण्डीगढी ४ का भूपेन्द्र राईले ४ बिघा जग्गामा खेती गरेको छन् । समूहगत रुपमा खेती गर्न थालेपछि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाबाट खेत जोत्न पावर टिलर, हाते ट्र्याक्टर लगायतका कृषि यन्त्रहरु अनुदानमा पाएपछि समयको बचत भएको, कम खर्चमा कृषि सम्बन्धी काम भएकोले समूहका किसानहरु खुसी भएको बताए । 

उनले पावर टिलरले खेत जोत्दा प्रतिघण्टा ५ कठ्ठासम्म जोतने गरेको र हलगोरुले जोत्दा करिब ५ घण्टा नै लाग्ने गरेकोले गोरुको, जोत्ने मानिसको ज्याला दिन नपर्ने, समय कम लाग्ने समयको बचत हुने छिटो छरितो हुने भएकोले प्रविधिको प्रयोग अहिलेको अवस्थामा अनिवार्य भएको बताए ।

अर्का किसान चौदण्डीगढी नपा ३ हातिसार प्रधानटोलका हातीसार बहुउद्देशीय कृषि समुहका अध्यक्ष सर्वधन राईले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाृजनाबो ८५ प्रतिशत अनुदानमा र स्थानीयको १५ प्रतिशत गरी जम्मा २ लाख ३६ हजारको लागतमा ९२ मिटर लामो सिंचाई कुलो निर्माण गरेपछि चैतेधान खेतीकालागि १२ बिघा जग्गामा सिँचाइको सुविधा भयो । पहिले वर्षभरी खान नपुग्ने किसानहरुले अहिले खान पुग्ने अन्न धान मकै गहुँ उत्पादन गरेर बिक्री समेत गरेर राम्रो आम्दानी गरेको बताए ।

उदयपुरकै बेलका नगरपालिका वडानं ३ का किसान गणेश बहादुर पौडेलले मकैको बिउ महंगोमा किनेर रोप्नु पर्ने र उत्पादन भएपछि सस्तोमा बेच्नु पर्ने अवस्था रहेको गुनासो गर्दै समूहगत रुपमा खेती गर्दा प्रविधिको सहयोग अति नै आवश्यक हुने गरेको र गाउँघरमा ज्याला मजदुरी गर्ने मानिसको अभाव भएका कारण प्रविधिका माध्यमबाट धान मकै रोप्ने, गोडमेल गर्ने, काट्ने मेसिनको अनिवार्य भएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माले अनुगमनबाट किानहरुले पाएको अनुदानको सही सदुपयोग भएको देखिएको र कृषि बाली तथा ंपशुपन्छी पालनबाट स्थानीय किसानहरु आत्म निर्भरताको बाटोमा अघि बढेको बताए ।

बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले किसानहरुले अहिलेको अवस्थामा अग्र्यानिक उत्पादनमा जोड दिनु पर्ने र आधुनिक प्रविधिको प्रयोगमा नगरपालिकाले पनि प्रोत्साहन गर्ने बताए ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले कृषिमा आत्म निर्भर बनाउन सरकारले विभिन्न प्रकारका प्रविधिहरु अनुदान उपलब्ध गराएकोले मापदण्ड तथा निर्देशिका अनुसार उपयोग गरेर अधिक से अधिक फाइदा लिन सक्नु पर्ने बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शुक बहादुर लिम्बुले किसानहरुले विभिन्न जातका खी बोका बाख्रा पालन गर्दा नेपाल सरकारले तोकको मापदण्ड अनुसार खोर बनाएर राख्नु पर्ने र अनुदानमा प्राप्त प्रविधिको सही रुपले प्रयोग भएको देखिएका बताए ।

अनुगमनका क्रममा बेलका नपा ३ मा मेसिनले धान रोपेर नयाँ प्रविधिको प्रयोगबाट हुने फाइदा समयको बचत र आर्थिक रुपले पनि फायदा हुने गरेको जानकारी दिँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख दिपैन्द्र मनोहर चौधरीले एक बिघा जग्गामा धान रौप्न गोरुले जोतर, मजदुरको ज्याला समेत १७ हजार खर्च लाग्छ भने मेसिनबाट धान रोप्दा जम्मा ६ हजार मात्र खर्च लाग्ने, समयको बचत हुने, छिटो छरितो हुने बताए ।

मंगलबार सो परियोजनाको आयोजनामा उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३,४ र ८ र बेलका नगरपालिकाको वडा नं ३ नम्बरमा गरिएको अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर बिश्वकर्मा, जिल्ला समन्वय अधिकारी आशिष अर्याल, कृषि ज्ञान केन्द्रका प्रमुख योगेन्द्र प्रसाद यादव, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख शुक बहादुर लिम्बु पत्रकार माधव पोखरेल, तुलसी कोइराला तथा किसान समुहका अगुवाहरुको सहभागिता रहेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register