डेंगुको संक्रमणले जनस्वास्थ्यमा गम्भीर चुनौती

काठमाडौं । नेपालमा यो वर्षको मानसुन शुरू भएसँगै डेंगु तथा अन्य पानीजन्य सरुवा रोगहरू तीव्र रूपमा फैलिन थालेका छन् । जनवरीदेखि जुनसम्म मात्रै ७२ जिल्लामा डेंगुको संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये वागमती, कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढी देखिएका छन् । नेपालमा डेंगु संक्रमण पहिलो पटक २०६१ सालमा चितवनमा देखिएको थियो । त्यसयता डेंगु देशभर […]

Jul 2, 2025 - 04:41
 0
डेंगुको संक्रमणले जनस्वास्थ्यमा गम्भीर चुनौती

काठमाडौं ।

नेपालमा यो वर्षको मानसुन शुरू भएसँगै डेंगु तथा अन्य पानीजन्य सरुवा रोगहरू तीव्र रूपमा फैलिन थालेका छन् । जनवरीदेखि जुनसम्म मात्रै ७२ जिल्लामा डेंगुको संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये वागमती, कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढी देखिएका छन् ।

नेपालमा डेंगु संक्रमण पहिलो पटक २०६१ सालमा चितवनमा देखिएको थियो । त्यसयता डेंगु देशभर फैलँदै गयो । २०७९ सालमा डेंगु सबै ७७ जिल्लामा फैलिएर लगभग ५५,००० केस र ८८ जनाको मृत्यु भएको थियो । गत वर्ष करिब ४२ हजार केस रिपोर्ट भएका थिए ।

यस वर्षको पहिलो ६ महिनामै लगभग १,५०० संक्रमित भेटिइसकेका छन् । विशेषगरी काठमाडौं उपत्यका, पोखरा, विराटनगर, धरानलगायत सहरी क्षेत्रमा दैनिक ४–५ नयाँ केस देखा परिरहेका छन् ।स्वास्थ्य विज्ञहरूका अनुसार डेंगु फैलाउने लामखुट्टेहरू वर्षा शुरू हुनेबित्तिकै पानी जम्ने ठाउँमा प्रजनन गर्छन् । तापक्रम र आद्र्रताको वृद्धिले यो संक्रमण पहाडी तथा हिमाली जिल्लासम्म पनि फैलिएको छ । हालसम्म १७ वटा पहाडी जिल्लामा डेंगु पुष्टि भइसकेको छ । असार देखियता बढ्दै गएको छ र आगामी हप्ता अझै बढ्दै जाने अवस्था छ । सरकारले लामखुट्टे खोज र नष्ट गर अभियानमा ध्यान दिएको अवस्था छैन ।

नेपालमा डेंगु र अन्य मनसुनी रोगहरूको जोखिम वर्षेनी बढ्दो छ । जलवायु परिवर्तन, अस्वस्थ वातावरण, अपर्याप्त पूर्वतयारी र स्वास्थ्य सेवा पहुँचको अभावले गर्दा यी रोगहरू नियन्त्रणभन्दा बाहिर जाने खतरा छ । सरकार, स्थानीय तह, नागरिक समाज र नागरिक स्वयमले मिलेर सचेत रहँदामात्र यो चुनौतीलाई व्यवस्थापन गर्न सकिने विज्ञहरूको ठम्याइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register