कमलामाई–१ मा सार्वजनिक सुनुवाइ, जनगुनासो प्रकट

काठमाडौं । कमलामाई नगरपालिका–१, सिन्धुलीमा आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा अध्यक्ष नरेश गोलेको अध्यक्षता तथा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय बासिन्दाले सेवा प्रवाहमा ढिलासुस्ती, कर्मचारीको व्यवहार, स्वास्थ्य, शिक्षा, सडक लगायतका समस्याबारे गुनासो गरे। नगरप्रमुख पोखरेलले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सार्वजनिक सुनुवाइ नियमित […]

Jul 7, 2025 - 04:15
 0
कमलामाई–१ मा सार्वजनिक सुनुवाइ, जनगुनासो प्रकट

काठमाडौं ।

कमलामाई नगरपालिका–१, सिन्धुलीमा आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा अध्यक्ष नरेश गोलेको अध्यक्षता तथा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय बासिन्दाले सेवा प्रवाहमा ढिलासुस्ती, कर्मचारीको व्यवहार, स्वास्थ्य, शिक्षा, सडक लगायतका समस्याबारे गुनासो गरे। नगरप्रमुख पोखरेलले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सार्वजनिक सुनुवाइ नियमित गरिने प्रतिबद्धता जनाएका छन् । वडाध्यक्ष गोलले योजना छनोटमा जनचासोलाई प्राथमिकता दिने बताए।

कमलामाई नगरपालिकाको आयोजनामा तथा अंकपत्र मिडिया ग्रुप प्रा.लि.को सहजीकरणमा सम्पन्न कार्यक्रम वडा कार्यालय परिसरमा आयोजना गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register