ब्राउन सुगरसहित एकजना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट बजारमा रहेको पुरानो हवाई फिल्डस्थित तरकारी बजारक्षेत्रबाट प्रहरीले एक जनालाई प्रतिबन्धित लागु औषध सहित पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ११ अस्थाई प्रहरी पोष्ट तरकारीबजार गाईघाट उदयपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउसो त्रियुगा न पा वडा नं ११ पुरानो गाईघाट स्थितबाट १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर जस्तो […]

Jul 7, 2025 - 04:51
 0
ब्राउन सुगरसहित एकजना पक्राउ

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट बजारमा रहेको पुरानो हवाई फिल्डस्थित तरकारी बजारक्षेत्रबाट प्रहरीले एक जनालाई प्रतिबन्धित लागु औषध सहित पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका ११ अस्थाई प्रहरी पोष्ट तरकारीबजार गाईघाट उदयपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउसो त्रियुगा न पा वडा नं ११ पुरानो गाईघाट स्थितबाट १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र नेपाली नगद रु ३,४०० सहित सोही ठाउँ बस्ने वर्ष ३० को विनोद चौधरीलाई १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका त्रियुगा न पा वडा नं ११ पुरानो गाईघाट बस्ने अ वर्ष ३० को विनोद चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रशरी कार्यालय उदयपुरले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register