हाम्रो नेपाल साकोस उत्कृष्ट घोषित

झापा, २३ असार । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट घोषित भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था बबरमहल काठमाडौँले हाम्रो नेपाल साकोसलाई उत्कृष्ट घोषणा गर्दै आइतबार प्रसंशापत्र प्रदान गरेको छ । देशभरका एक हजार सात सय साझेदार संस्थामध्ये हाम्रो नेपाल उत्कृष्ट भएको घोषणासहित २४ औँ [...] The post हाम्रो नेपाल साकोस उत्कृष्ट घोषित appeared first on Jhapa Online.

Jul 7, 2025 - 05:27
 0
हाम्रो नेपाल साकोस उत्कृष्ट घोषित

झापा, २३ असार । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट घोषित भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था बबरमहल काठमाडौँले हाम्रो नेपाल साकोसलाई उत्कृष्ट घोषणा गर्दै आइतबार प्रसंशापत्र प्रदान गरेको छ ।

देशभरका एक हजार सात सय साझेदार संस्थामध्ये हाम्रो नेपाल उत्कृष्ट भएको घोषणासहित २४ औँ साधारणसभामा सो वित्तीय संस्थाले प्रसंशापत्र प्रदान गरेको हो । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, सो वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठक, प्रमुख कार्यकारी शिवरामप्रसाद कोइराला लगायतले हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दङ्गाललाई संयुक्त रूपमा फूलमाला, खदा, अविरसहित प्रशंसापत्र हस्तान्तरण गर्नुभएको हो ।

कारोबारको आधारमा उत्कृष्ट घोषणा भएको हाम्रो नेपालले वार्षिक अढाई अर्ब बढीको आर्थिक कारोबार गर्दै आएको छ । झापा, मोरङ र इलाममा ३१ वटा सेवाकेन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको हाम्रो नेपालको सेयर सदस्य ३८ हजार बढी छन् । १२ वर्ष अघिबाट सञ्चालनमा आएको हाम्रो नेपाललाई २०८१ साउनदेखि २०८२ जेठसम्मको कारोबारका आधारमा उत्कृष्ट व्यवसायिक साझेदार घोषणा गरेको हो ।

The post हाम्रो नेपाल साकोस उत्कृष्ट घोषित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register