पाकिस्तानमा पालेको सिंह घरबाट भागेपछि…

काठमाडौं । पाकिस्तानको लाहोर सहरमा एक पाल्तु सिंहले एक महिला र उनका तीन बालबालिकामाथि आक्रमण गरेपछि घटनाले सनसनी फैलिएको छ । आक्रमणपछि सिंहका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । घटना लाहोरको एक आवासीय क्षेत्रमा भएको हो, जहाँको सीसीटीभी फुटेजमा सिंह एक कंक्रीटको पर्खाल नाघेर महिलामाथि हाम फाल्दै आक्रमण गरिरहेको देखिएको छ । घटनाका क्रममा महिला […]

Jul 7, 2025 - 09:06
 0
पाकिस्तानमा पालेको सिंह घरबाट भागेपछि…

काठमाडौं । पाकिस्तानको लाहोर सहरमा एक पाल्तु सिंहले एक महिला र उनका तीन बालबालिकामाथि आक्रमण गरेपछि घटनाले सनसनी फैलिएको छ । आक्रमणपछि सिंहका मालिकलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना लाहोरको एक आवासीय क्षेत्रमा भएको हो, जहाँको सीसीटीभी फुटेजमा सिंह एक कंक्रीटको पर्खाल नाघेर महिलामाथि हाम फाल्दै आक्रमण गरिरहेको देखिएको छ । घटनाका क्रममा महिला र उनका पाँच र सात वर्षका दुई सन्तान घाइते भएका छन् । उनीहरूको अनुहार र हातमा चोट लागेको बताइएको छ, तर हाल उनीहरूको अवस्था स्थिर रहेको अधिकारीहरूले बताएका छन् ।

प्रहरीले सिंहका मालिकलाई बिना इजाजत वन्यजन्तु पाल्ने, लापरबाहीका कारण जनधनमा जोखिम पुर्‍याउने अभियोगमा पक्राउ गरेको बीबीसीले जनाएको छ । सिंहलाई नियन्त्रणमा लिएर स्थानीय वन्यजन्तु निकुञ्जमा सारिएको छ ।

पाकिस्तानमा सिंह, चित्ता, बाघ, प्यूमा र जगुआरजस्ता वन्यजन्तु पाल्न कानुनी रूपमा अनुमति छ, तर यसका लागि ५० हजार पाकिस्तानी रुपैयाँ तिरेर दर्ता गर्नुपर्छ र ती जनावरहरूलाई शहर बाहिर राख्नुपर्ने प्रावधान छ । तर, लाहोर पाकिस्तानको दोस्रो ठूलो सहर हो, जहाँ यस्तो जनावर राख्नु कानूनविपरीत ठहरिएको छ ।

पीडित बालबालिकाका बुबाले आरोप लगाएका छन्, “आक्रमणको बेला सिंहका मालिकहरू नजिकै थिए, तर कुनै प्रयास नगरी हेरिरहे ।” भिडिओमा महिलाले उठेर सहायता माग्दै पुनः अन्य व्यक्तिहरूतर्फ दौडिएको देखिन्छ, तर वरिपरिका मानिसहरू डरले भागिरहेका देखिन्छन् ।

घटनापछि पञ्जाब प्रान्तका अधिकारीहरूले अवैध वन्यजन्तु स्वामित्वविरुद्ध कडा कारबाही थालेका छन् । पछिल्लो केही दिनमा १३ वटा सिंह बरामद गरिएको छ र पाँच जनालाई पक्राउ गरिएको छ ।

यसअघि सन् २०२५ को जनवरीमा एक पाकिस्तानी युट्युबरलाई सिंहको बच्चा अवैध रूपमा पालेको आरोपमा पशु अधिकारबारे जनचेतनामूलक भिडिओ बनाउने सजाय दिइएको थियो । यस घटनाले पाकिस्तानमा वन्यजन्तु पाल्ने प्रवृत्तिमा प्रश्न उठाएको छ, जहाँ यस्ता जनावरलाई धन र प्रतिष्ठाको प्रतीक मानिन्छ । तर, यसप्रकारको लापरबाहीले सर्वसाधारणको सुरक्षामा गम्भीर खतरा उत्पन्न गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register