१५ लाख धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी थुनामा

काठमाडौं ।  नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका युनुस अन्सारी अदालतले मागेकाे १५ लाख धराैंटी बुझाउन नसकेपछि थुनामा गएका छन् । नक्कली नोट प्रकरणमा पक्राउ परेर छुट्ने बित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी अर्को कसुरमा पक्राउ परेका युनुस अन्सारीको हिजो बयान सकिएपछि साेमवार थुनछेक बहस भएकाे थियाे ।  जिल्ला अदालत, काठमाडौंमा आइतबार दिनभर न्यायाधीश बलराम लम्सालको इजलासमा […]

Jul 7, 2025 - 14:07
 0
१५ लाख धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी थुनामा

काठमाडौं ।

 नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका युनुस अन्सारी अदालतले मागेकाे १५ लाख धराैंटी बुझाउन नसकेपछि थुनामा गएका छन् ।

नक्कली नोट प्रकरणमा पक्राउ परेर छुट्ने बित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी अर्को कसुरमा पक्राउ परेका युनुस अन्सारीको हिजो बयान सकिएपछि साेमवार थुनछेक बहस भएकाे थियाे । 

जिल्ला अदालत, काठमाडौंमा आइतबार दिनभर न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान भए पनि थुनछेक बहसका लागि समय नपुगे पछि पुनः हिरासतमा फिर्ता पठाइएका उनलाई १५ लाख धराैंटीमा छाेडन अदालतले अादेश दिएकाे थियो । 

अन्सारीविरुद्ध स्रोत खुल्न नसकेको ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register