भोटेकोसीको बाढीले तीन जलविद्युत् आयोजनामा क्षति, उत्पादन ठप्प

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण तीन जलविद्युत् आयोजनामा क्षति हुँदा करिब २०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प भएको छ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । उनका अनुसार […]

Jul 8, 2025 - 08:00
 0
भोटेकोसीको बाढीले तीन जलविद्युत् आयोजनामा क्षति, उत्पादन ठप्प

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण तीन जलविद्युत् आयोजनामा क्षति हुँदा करिब २०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प भएको छ ।

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी क्षति रसुवाढी जलविद्युत् आयोजनामा भएको छ ।

‘पुरानो त्रिशुली जलविद्युत् आयोजनालगायत अन्य निजी क्षेत्रका आयोजनाहरुमा पनि क्षति पुगेको भन्ने छ,’ उनले भने, ‘थ्रि बि हब सबस्टेसन सबैभनदा बढी जोखिममा रहेको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register