‘अस्तित्वको लडाइँ’ भन्दै सडकमा चिकित्सक (तस्वीरहरू)

काठमाडौं । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघ आन्दोलित छ । देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका डाक्टरहरु आज सेतो कोटसहित सडकमा उत्रिएका छन् । उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आज माइतीघर मण्डलामा धर्ना दिई बिजुली बजारसम्म र्‍याली गरी विरोध प्रदर्शन गरेका छन् । […]

Jul 8, 2025 - 08:20
 0
‘अस्तित्वको लडाइँ’ भन्दै सडकमा चिकित्सक (तस्वीरहरू)

काठमाडौं । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघ आन्दोलित छ ।

देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका डाक्टरहरु आज सेतो कोटसहित सडकमा उत्रिएका छन् । उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आज माइतीघर मण्डलामा धर्ना दिई बिजुली बजारसम्म र्‍याली गरी विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ‘अस्तित्वको लडाइँ’, ‘डाक्टर डराउँछ भने उपचार कसरी सम्भव ?’ लगायतका ब्यानर प्रदर्शन गरेका छन् ।

संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा हिजो सोमबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।

आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ । ओपीडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन् । आन्दोलन कहिलेसम्म चल्ने टुंगो नहुँदा उनीहरु अन्योलको स्थितिमा छन् ।

किन आन्दोलनमा छन् डाक्टर ?

   

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register