लोवर मिड रावा खोला हाइड्रोपावर आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाडौँ । लोवर मिड रावा खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १० करोड रुपैयाँ बराबरले हुन आउने १० लाख कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको हो । खोटाङ्ग जिल्लामा निर्माणधीन ४ मेगावाट क्षमताको हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्नका लागि असार २३ गते आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई […]

Jul 8, 2025 - 08:20
 0
लोवर मिड रावा खोला हाइड्रोपावर आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाडौँ । लोवर मिड रावा खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १० करोड रुपैयाँ बराबरले हुन आउने १० लाख कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको हो ।

खोटाङ्ग जिल्लामा निर्माणधीन ४ मेगावाट क्षमताको हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्नका लागि असार २३ गते आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता गरेको छ ।

सम्झौतापत्रमा हाईड्रोपावर प्रोजेक्टको तर्फबाट कार्यकारी अध्यक्ष शम्भु प्रसाद घिमिरे र मर्चेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register