रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जनाको उद्धार

काठमाडौं । नेपाली सेनाले रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारहरूको उद्धार गरेको छ। भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारहरूलाई अन्य सुरक्षा निकाय र स्थानीयहरूको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ । यस्तै, सेनाको धादिङ्ग स्थित नं.६ बाहिनी अड्डाबाट गल्छी […]

Jul 8, 2025 - 09:30
 0
रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जनाको उद्धार

काठमाडौं । नेपाली सेनाले रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारहरूको उद्धार गरेको छ।

भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारहरूलाई अन्य सुरक्षा निकाय र स्थानीयहरूको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ ।

यस्तै, सेनाको धादिङ्ग स्थित नं.६ बाहिनी अड्डाबाट गल्छी हुँदै त्रिशुलीतर्फ र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुबेशी ईलाकातर्फ बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यका लागि थप फौज खटिएको पनि सेनाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register