अंश सम्बन्धी पुरानो झगडाले १ जनाको ज्यान गयो

हरिप्रसाद कोइरालाउर्लाबारी, २४ असार । मोरङको रतुवामाई नगरपालिका–६, मा अंश सम्बन्धी पुरानो झगडाले एक जनाको ज्यान लिएको छ । असार २१ गते ६० वर्षीया टीकामाया कार्की बस्नेतको आफ्नै देवर ६९ वर्षीय टङ्कबहादुर बस्नेतले हत्या गरेको प्रहरीले जनाएको छ । देवर टङ्कबहादुरले अंश विवादका कारण लामो समयदेखि मनभित्र दबिएको रिसले टीकामायाको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता [...] The post अंश सम्बन्धी पुरानो झगडाले १ जनाको ज्यान गयो appeared first on Jhapa Online.

Jul 8, 2025 - 09:30
 0
अंश सम्बन्धी पुरानो झगडाले १ जनाको ज्यान गयो

हरिप्रसाद कोइराला
उर्लाबारी, २४ असार ।
मोरङको रतुवामाई नगरपालिका–६, मा अंश सम्बन्धी पुरानो झगडाले एक जनाको ज्यान लिएको छ । असार २१ गते ६० वर्षीया टीकामाया कार्की बस्नेतको आफ्नै देवर ६९ वर्षीय टङ्कबहादुर बस्नेतले हत्या गरेको प्रहरीले जनाएको छ ।

देवर टङ्कबहादुरले अंश विवादका कारण लामो समयदेखि मनभित्र दबिएको रिसले टीकामायाको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले बताउनुभयो ।

केही समययता मृतकका पति गणेशबहादुर बस्नेत र उहाँका सौतेनी भाइ टङ्कबहादुरबिच पुर्ख्यौली सम्पत्तिको बाँडफाँट सम्बन्धी झगडा चर्किएको थियो । उक्त सम्पत्तिमा देवर टङ्कले एकलौटी कब्जा जमाउन खोज्नुभएको थियो । अदालतबाट दाजु गणेशले पनि अंश पाउने ठहर भएपछि टङ्क आक्रोशित बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बारीमा घाँस काट्न गएका बेला असार २१ गते दिउँसो टीकामायाको शव फेला परेको थियो । विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरिएको हो । त्यस क्रममा मृतकको घुच्चुकमा गहिरो चोट लागेको देखिएको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारी नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढायो ।

डीएसपी चुँडालका अनुसार हँसियाको बिँड प्रहार गरेर टीकामायाको हत्या गरिएको थियो । घटनामा प्रयोग भएको हँसिया टङ्ककै घरबाट बरामद गरिएको छ । प्रहरीले सोमबार दिउँसो टङ्कलाई आफ्नै घरबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार टङ्कले अंश बाँडफाँटमा असन्तुष्टि प्रकट गर्दै केही समयदेखि भाउजूलाई गालीगलौज गर्ने र कुटपिटको प्रयाससमेत गर्ने गरेको खुलेको छ। ूहामीले विगतमा पनि पारिवारिक विवाद बढ्दै गएको र टीकामायालाई लक्षित गरेर टङ्क आक्रामक भएको प्रमाण सङ्कलन गरेका छौं,ू डीएसपी चुँडालले भन्नुभयो ।

यसैगरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post अंश सम्बन्धी पुरानो झगडाले १ जनाको ज्यान गयो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register