सुनचाँदी व्यवसायीहरूको सडकमा आन्दोलन

काठमाडौँ, २४ असार । सुनचाँदी व्यवसायीहरूले आन्दोलन जारी राखेका छन् । आगामी आर्थिक वर्ष २०८२–८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि विनियोजन विधेयक पास हुँदा [...] The post सुनचाँदी व्यवसायीहरूको सडकमा आन्दोलन appeared first on Jhapa Online.

Jul 8, 2025 - 09:32
 0
सुनचाँदी व्यवसायीहरूको सडकमा आन्दोलन

काठमाडौँ, २४ असार । सुनचाँदी व्यवसायीहरूले आन्दोलन जारी राखेका छन् । आगामी आर्थिक वर्ष २०८२–८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि विनियोजन विधेयक पास हुँदा आफूहरूको माग सम्बोधन नगरेकाले पुनः आन्दोलित हुनुपरेको व्यवसायीको भनाइ छ । बजेट लगत्तै सुनचाँदी व्यवसायीले आन्दोलन थालेकामा प्रधानमन्त्रीको आश्वासनपछि केही दिन आन्दोलन रोकेका थिए ।

तर माग सम्बोधन नगरेको भन्दै व्यवसायीले विरोधमा शुक्रबार देशभरको सुनचाँदी व्यवसाय बन्द गरेका थिए । उनीहरूले सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ गते देखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्ने चेतावनी समेत दिइसकेका छन् ।

The post सुनचाँदी व्यवसायीहरूको सडकमा आन्दोलन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register