पोखरीमा डुबेर दिदीबहिनीको ज्यान गयो

धनुषा, २४ असार । जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वर बजार टोलको भैया पोखरीमा डुबेर दिदीबहिनीको ज्यान गएको छ । आज पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । ज्यान जानेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो । दुवैजना बिहान पोखरीमा [...] The post पोखरीमा डुबेर दिदीबहिनीको ज्यान गयो appeared first on Jhapa Online.

Jul 8, 2025 - 09:38
 0
पोखरीमा डुबेर दिदीबहिनीको ज्यान गयो

धनुषा, २४ असार । जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वर बजार टोलको भैया पोखरीमा डुबेर दिदीबहिनीको ज्यान गएको छ । आज पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

ज्यान जानेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।

दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताउनुभयो । दुवैजनालाई अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरीले जनाएको छ ।रासस

The post पोखरीमा डुबेर दिदीबहिनीको ज्यान गयो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register