धीरजलाई लिएर ‘मैझारो’ निर्देशन गर्दै विल्सन

कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ एकपटक फेरि फिल्म निर्देशन गर्ने तयारीमा जुटेका छन् । आफ्नो निर्देशनमा बन्ने गरी २०८० सालमा दुई फिल्म ‘सिलाम साक्मा’ र ‘लाहुरे एण्ड दाउरे’को घोषणा गरेर पनि निर्माण गर्न नसकेका उनले अब फिल्म ‘मैझारो’ बनाउने भएका छन् । सोमबार अभिनेता धीरज मगरलाई मुख्य भूमिकामा अनुबन्ध गर्दै उनले फिल्मबारे जानकारी गराए [...] The post धीरजलाई लिएर ‘मैझारो’ निर्देशन गर्दै विल्सन appeared first on Jhapa Online.

Jul 8, 2025 - 09:59
 0
धीरजलाई लिएर ‘मैझारो’ निर्देशन गर्दै विल्सन


कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ एकपटक फेरि फिल्म निर्देशन गर्ने तयारीमा जुटेका छन् । आफ्नो निर्देशनमा बन्ने गरी २०८० सालमा दुई फिल्म ‘सिलाम साक्मा’ र ‘लाहुरे एण्ड दाउरे’को घोषणा गरेर पनि निर्माण गर्न नसकेका उनले अब फिल्म ‘मैझारो’ बनाउने भएका छन् । सोमबार अभिनेता धीरज मगरलाई मुख्य भूमिकामा अनुबन्ध गर्दै उनले फिल्मबारे जानकारी गराए ।

अघिल्ला दुई फिल्मजस्तो घोषणामा सीमित नभए ‘मैझारो’बाट विल्सनको निर्देशनमा डेब्यु हुनेछ । उनले यसअघि केही सिरियल र म्यूजिक भिडियोको भने निर्देशन गरिसकेका छन् । तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा विल्सन स्वयंको स्क्रिप्ट लेखन रहेको छ । यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायांकन गर्नेछन् ।

विल्सनले फिल्मका अन्य कलाकारको नाम चाँडै सार्वजनिक गरिने बताएका छन् । उनका अनुसार फिल्मको छायांकन पूर्वी पहाडी भेग इलाम र पाँचथरमा गरिनेछ । सामाजिक कथावस्तुमा आधारित भएर बन्न लागेको यो फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतामा निर्माण हुने जनाइएको छ । ‘मैझारो’को अर्थ कुनै पनि काम सम्पन्न गर्नु वा टुङ्ग्याउनु भन्ने हुन्छ ।

तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सिरियल र सांगीतिक प्रस्तुतिहरू दर्शकमाझ निकै लोकप्रिय छन् । यो ब्यानरबाट सन् २०१७ मा विल्सनले फिल्म ‘रातो घर’ पनि निर्माण गरेका थिए । आफ्नो करिअरमा ३० बढी फिल्ममा अभिनय गरिसकेका उनको नयाँ फिल्म ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ गतेदेखि प्रदर्शन हुँदैछ । अहिले विल्सन यसैको प्रचारमा व्यस्त छन् ।

The post धीरजलाई लिएर ‘मैझारो’ निर्देशन गर्दै विल्सन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register