काँकरभिट्टाबाट हतियारसहित १ जना भारतीय नागरिक पक्राउ

झापा, २४ असार । झापाबाट एक जना भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन् । आज बिहान ८ः५० बजेको समयमा मेचीनगर–६ बाट मेची भन्सार कार्यालयको परिसर भित्रबाट उनलाई हतियारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाईगुडी थाना भक्तिनगर सेवक रोड सिलिगुडी का २५ को प्रतिक अग्रवाल छन् ।सशस्त्र प्रहरी बल नेपाल [...] The post काँकरभिट्टाबाट हतियारसहित १ जना भारतीय नागरिक पक्राउ appeared first on Jhapa Online.

Jul 8, 2025 - 09:59
 0
काँकरभिट्टाबाट हतियारसहित १ जना भारतीय नागरिक पक्राउ

झापा, २४ असार । झापाबाट एक जना भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन् । आज बिहान ८ः५० बजेको समयमा मेचीनगर–६ बाट मेची भन्सार कार्यालयको परिसर भित्रबाट उनलाई हतियारसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाईगुडी थाना भक्तिनगर सेवक रोड सिलिगुडी का २५ को प्रतिक अग्रवाल छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म काँकरभिट्टा झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले सवारी साधनहरु तथा यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा ती भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको हो ।

अग्रवालले चलाएर ल्याएको WB 74 AJ 0400 नम्बरको होण्डा कम्पनीको कलेजी रंगको स्कुटरको डिकी भित्र लुकाई छिपाई राखेको अवैध हतियार Air Pistol थान १ र उनले बोकेको घ्यू रंगको सानो छालाको साईड ब्याग भीत्र रहेको प्लास्टिकको पोकोमा रहेको १८ थान सो हतियारमा लाग्ने मेटल बुलेट र उनको साथमा रहेको थियो ।

उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post काँकरभिट्टाबाट हतियारसहित १ जना भारतीय नागरिक पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register