सर्पले टोकिहाले के गर्ने ? के नगर्ने ?

मध्य गर्मी र बर्खाको समय छ, यो बेला तराई मधेश तथा पहाडमा बढी सर्प समय हो । तराई तथा पहाडमा सर्पको टोकाइबाट बर्षेनी थुप्रै मानिसले ज्यान गुमाई रहेका छन् । तसर्थ सर्पको टोकाईबाट जोगिन र टोकी हालेमा के गर्ने भन्ने बारेमा आज हामीले बताउँछौँ । सर्पको टोकाइबाट जोगिन के गर्ने ? सकेसम्म रातीमा नहिड्ने, हिडनु [...] The post सर्पले टोकिहाले के गर्ने ? के नगर्ने ? appeared first on Jhapa Online.

Jul 8, 2025 - 10:06
 0
सर्पले टोकिहाले के गर्ने ? के नगर्ने ?


मध्य गर्मी र बर्खाको समय छ, यो बेला तराई मधेश तथा पहाडमा बढी सर्प समय हो । तराई तथा पहाडमा सर्पको टोकाइबाट बर्षेनी थुप्रै मानिसले ज्यान गुमाई रहेका छन् ।

तसर्थ सर्पको टोकाईबाट जोगिन र टोकी हालेमा के गर्ने भन्ने बारेमा आज हामीले बताउँछौँ ।

सर्पको टोकाइबाट जोगिन के गर्ने ?

सकेसम्म रातीमा नहिड्ने, हिडनु परेमा टर्च लाइट वा उज्यालो बत्ती लिएर मात्रै हिड्ने ।
रातीमा हिड्दा जुत्ता वा गमबुट लगाउने ।
घर वरपरको घाँस झारपात काटेर सफा राख्ने ।
जमिनका दुलाहरु टाल्ने ।
पराल दाउरा आदि लिन जाँदा होसियारी अपनाउने ।
सुत्नु अघि ओछ्यान खाटमुनी र वरपर राम्ररी हेर्ने ।
सधै झुल टाँगेर सुत्ने ।

सर्पले टोकिहालेमा के गर्ने ?

टोकेको ठाँउलाई चल्न नदिई स्थिर राख्ने ।
सर्पले टोकेको ठाउँमा काट्ने चुस्ने बाध्ने नगर्ने ।
मलम र रासायनी पदार्थ तातो चिसो प्रयोग नगर्ने ।
विरामीको आत्मविश्वास कायम राख्नका लागि सहयोग गर्ने ।
धामी झाक्री तिर नलाग्ने ।
विष सोस्ने ढुंगाको पछि नलाग्ने ।
सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने ।
जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्र पुरयाउने । एजेन्सी

The post सर्पले टोकिहाले के गर्ने ? के नगर्ने ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register