उपल्लो मुस्ताङमा बाढी, ६ वटा पुल क्षतिग्रस्त

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित चुम्जुङ खोलामा मङ्गलबार साँझ आएको लेदोसहितको भीषण बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, बाढीले दुईवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीन काठे पुल बगाएको छ। बाढीको जोखिममा परेका न्याम्डो गाउँका दुई घर र खोलाबीचको एक होटलका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको […]

Jul 9, 2025 - 01:42
 0
उपल्लो मुस्ताङमा बाढी, ६ वटा पुल क्षतिग्रस्त

मुस्ताङ ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित चुम्जुङ खोलामा मङ्गलबार साँझ आएको लेदोसहितको भीषण बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, बाढीले दुईवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीन काठे पुल बगाएको छ।

बाढीको जोखिममा परेका न्याम्डो गाउँका दुई घर र खोलाबीचको एक होटलका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। मानवीय र पशुचौपायामा भने क्षति नभएको जनाइएको छ। सुरक्षा सावधानीस्वरूप प्रहरी र सशस्त्रको टोली घटनास्थलमा खटिएको छ। यद्यपि बाढीको बहाव घट्दै गएको भए पनि जोखिम टरेको छैन, स्थानीयलाई सतर्क रहन अनुरोध गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register