समुद्रमा डुबेर एक नेपाली युवाको मृत्यु

काठमाडौँ, २५ आसार । रोजगारीको सिलसिलामा माल्टामा रहेका नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) को समुद्रमा डुबेर मृत्यु भएको छ। स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा डुबेर उनको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ माल्टाका अध्यक्ष रेम्स खनालले रातोपाटीलाई जानकारी दिए । हाल ओर्मी क्षेत्रमा बसोबास [...] The post समुद्रमा डुबेर एक नेपाली युवाको मृत्यु appeared first on Jhapa Online.

Jul 9, 2025 - 09:12
 0
समुद्रमा डुबेर एक नेपाली युवाको मृत्यु


काठमाडौँ, २५ आसार । रोजगारीको सिलसिलामा माल्टामा रहेका नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) को समुद्रमा डुबेर मृत्यु भएको छ।

स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा डुबेर उनको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ माल्टाका अध्यक्ष रेम्स खनालले रातोपाटीलाई जानकारी दिए । हाल ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका न्यौपाने विगत २० महिनादेखि माल्टामा कार्यरत थिए।

न्यौपानेको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग आवश्यक परेकाले सहयोग सङ्कलन सुरु गरिएको जनाइएको छ।

The post समुद्रमा डुबेर एक नेपाली युवाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register