रसुवामा बाढीको वितण्डा, टिमुरे भन्सार क्षेत्र ध्वस्त (ड्रोन भ्यु)

बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी बगाएको छ । स्याफ्रुबेसी देखि टिमुरे जाने सडकसमेत पूर्ण रुपमा अवरुद्ध भएको छ ।

Jul 10, 2025 - 03:32
 0
रसुवामा बाढीको वितण्डा, टिमुरे भन्सार क्षेत्र ध्वस्त (ड्रोन भ्यु)

काठमाडौं । मंगलबार बिहान असार २३ गते रसुवामा  आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको छ।

नेपाल प्रहरीका अनुसार रसुवामा गएको बाढीमा परेका मध्ये ९ जनाको शव फेला परेको छ ।प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी बगाएको छ । स्याफ्रुबेसी देखि टिमुरे जाने सडकसमेत पूर्ण रुपमा अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।

तस्वीरहरु- प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register