पौडी सिक्ने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं । पर्सामा पौडी सिक्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ । एक होटलको पौडी पोखरीमा तालिम गर्ने क्रममा वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो । प्रशिक्षक […]

Jul 10, 2025 - 06:03
 0
पौडी सिक्ने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं । पर्सामा पौडी सिक्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।

एक होटलको पौडी पोखरीमा तालिम गर्ने क्रममा वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो ।

प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताउँदै उनले भने, “अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register