आषाढ पूर्णिमाको अवसरमा भारतीय दूतावासद्वारा विशेष पूजाअर्चना

काठमाडौं।   पवित्र अषाढ पूर्णिमाको अवसरमा काठमाडौंस्थित भारतीय दूतावास ले नेपालभरका विहारहरुबाट आएका थेरावाद, महायान र वज्रयान परम्पराका भिक्षु तथा प्रतिनिधिहरुको सहभागितामा विहीबार  विशेष प्रार्थना समारोह आयोजना ग¥यो ।  कार्यक्रममा गौतम बुद्धले सारनाथमा दिएको पहिलो उपदेशलाई सम्झिँदै पवित्र मन्त्रपाठ तथा प्रार्थना गरिएको थियो। यस अवसरमा भारत र नेपालको धार्मिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई थप सुदृढ बनाउने […]

Jul 10, 2025 - 14:08
 0
आषाढ पूर्णिमाको अवसरमा भारतीय दूतावासद्वारा विशेष पूजाअर्चना

काठमाडौं। 

 पवित्र अषाढ पूर्णिमाको अवसरमा काठमाडौंस्थित भारतीय दूतावास ले नेपालभरका विहारहरुबाट आएका थेरावाद, महायान र वज्रयान परम्पराका भिक्षु तथा प्रतिनिधिहरुको सहभागितामा विहीबार  विशेष प्रार्थना समारोह आयोजना ग¥यो । 

कार्यक्रममा गौतम बुद्धले सारनाथमा दिएको पहिलो उपदेशलाई सम्झिँदै पवित्र मन्त्रपाठ तथा प्रार्थना गरिएको थियो। यस अवसरमा भारत र नेपालको धार्मिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई थप सुदृढ बनाउने सन्देश दिइएको थियो।

सारनाथको धर्मचक्र प्रवर्तन दिवसका रूपमा समेत मनाइने अषाढ पूर्णिमालाई बौद्ध धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउँछन्। भारत र नेपाल दुबै देशका साझा धार्मिक सम्पदाका प्रतीक बुद्धको शिक्षालाई स्मरण गर्दै आयोजित सो समारोहले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ गहिरो बनाएको भारतीय दूतावासले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register