अदालतको विरुद्धमा सर्वोच्चका पूर्वन्यायाधीश, रवि लामिछानेको पक्षमा हस्ताक्षर

काठमाडौं । सर्वोच्च अदालतको पूर्वन्यायाधीश बलराम केसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका छन् । बिहीबार दिउँसो रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेर सर्वोच्च अदालतका पूर्वन्यायाधीश केसीले रविको पक्षमा हस्ताक्षर गरेका हुन् । केसी सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी २०६१ सालमा सर्वोच्च अदालतका […]

Jul 10, 2025 - 14:18
 0
अदालतको विरुद्धमा सर्वोच्चका पूर्वन्यायाधीश, रवि लामिछानेको पक्षमा हस्ताक्षर

काठमाडौं । सर्वोच्च अदालतको पूर्वन्यायाधीश बलराम केसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका छन्

बिहीबार दिउँसो रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेर सर्वोच्च अदालतका पूर्वन्यायाधीश केसीले रविको पक्षमा हस्ताक्षर गरेका हुन् ।

केसी सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी २०६१ सालमा सर्वोच्च अदालतका न्यायाधीश भएका थिए । सर्वोच्च अदालतका पूर्वन्यायाधीशले नै अदालतको आदेशविरुद्ध चलाइएको अभियानमा हस्ताक्षर गरेका छन् ।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको अभियोगमा यतिखेर भैरहवा कारागारमा छन् । कास्की, चितवन, काठमाडौं, रुपन्देहीमा लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा चलिरहेको छ । कास्की, चितवन, काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट लामिछाने धरौटीमा रिहा भएका थिए । तर, २२ चैत २०८१ मा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्‍यो ।

उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेकी पत्नी निकिता सर्वोच्च अदालतमा रिट लिएर गइन् । सर्वोच्च अदालतले ९ जेठ २०८२ मा लामिछानेलाई थुनामा पठाउने आदेश सदर गर्‍यो ।

त्यसयता लामिछाने थुनामा छन् । आफ्ना सभापतिमाथि ‘राजनीतिक प्रतिशोध साँधेर थुनामा राखेको’ भन्दै रास्वपाले त्यसका विरुद्ध हस्ताक्षर अभियान चलाइरहेको छ । ७ असारदेखि रास्वपाले यस्तो अभियान सुरु गरेको हो ।

‘उच्च अदालत र सर्वोच्च अदालतले नै लामिछानेलाई थुनामा पठाएको हो । सर्वोच्च अदालतको न्यायाधीश भएर किन ती आदेशको विरुद्ध हस्ताक्षर गर्न जानु भएको ?’ भन्ने नेपालभ्युजको प्रश्नमा केसीले भने :

‘विना राजनीतिक दल प्रजातन्त्र संभव हुँदैन । प्रजातन्त्र राजनीतिक दलका नेतालाई मोज गर्नलाई होइन देशको सेवा गर्नका लागि हो । अहिले भएका ठूला दलहरुले देशको सेवा नभई आफ्नो मोज गरे । देशले वैकल्पिक प्रजातान्त्रिक दल खोजिरहेको थियो । रास्वपा वैकल्पिक प्रजातान्त्रिक दल भएर देखा पर्‍यो । यो वैकल्पिक प्रजातान्त्रिक दललाई हुर्काउनुपर्छ, मलजल गर्नुपर्छ त्यसकारण मैले गएर हस्ताक्षर गरेको हुँ । अदालतको फैसलाविरुद्ध प्रश्न गर्न पाइन्छ, आलोचना गर्न पाइन्छ, बहस गर्न पाइन्छ । मैले त्यही गरेको हुँ ।

न्यायाधीश रिटायर्ड भइसकेपछि सामान्य नागरिक सरह हुन्छ । सामान्य नागरिकको जस्तै राजनीतिक, सामाजिक आर्थिक अधिकार हुन्छ । जनताको अदालतप्रति अनास्थता हुने किसिमको ‘स्क्याण्डलाइज’ पो गर्न पाइँदैन । अदालतको स्वस्थ आलोचना गर्न पाइँन्छ, अदालत पनि सिहंदरबारसँगै विवादित हुन गयो, अदालत पनि संसद्सँगै विवादित हुन गयो, अब सोच्नुपर्‍यो श्रीमान्‌हरू (न्यायाधीश) तपाईंले के गरेको यसलाई सुधार गरौँ हामी भन्न पाउँछौं ।

त्यसमा ढुक्क भए हुन्छ यो हामी भन्न सक्छौं । सर्वोच्च अदालतले आलोचना गर्ने ठाउँ राख्नु हुँदैन, अदालतको कुरा हुने बित्तिकै ए यो त अदालतको कुरा हो बोल्न हुँदैन भन्ने होइन । आलोचना र सुझवा दिए पो सुधार हुन्छ ।’

तर, रास्वपाले चलाएको हस्ताक्षर अभियानको कुनै कानूनी अर्थ नहुने बताउँछन् कानुनका जानकारहरु । रास्वपाले चलाएको हस्ताक्षर अभियानको अदालती प्रक्रियामा कुनै अर्थ नहुने बताउँछन् वरिष्ठ अधिवक्ता तथा संविधानविद् विपिन अधिकारी ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अदालत स्वतन्त्र र सक्षम निकाय भएकाले रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा कति सहभागी हुन्छन् भन्ने कुराको अदालतमा मतलब हुँदैन । फैसला अदालतको प्रक्रियाअन्तर्गत कानुनअनुसार हुन्छ । उसको हस्ताक्षर अभियानमा ५ लाख वा ३ करोड हस्ताक्षर संकलन भए पनि अदालती प्रक्रियामा त्यसको कुनै अर्थ रहँदैन ।’

सामान्यतया अदालतमा विचाराधीन मुद्दामा सर्वोच्च अदालतका पूर्वन्यायाधीशबाट ‘एक्टिभिज्म’ अपेक्षा गर्न सकिँदैन । एक जना सर्वोच्च अदालतमा पूर्वन्यायाधीश नाम नखुलाउने सर्तमा भन्छन्, ‘सर्वोच्च अदालतका पूर्वन्यायाधीशबाट उच्च नैतिकता अपेक्षा गरिन्छ । त्यो भनेको अदालतमा विचाराधीन मुद्दामा आफ्नो राय, पक्ष नदेखाउने पनि हो ।’

अवकाशपछि अदालतमा विचाराधीन मुद्दामा सक्रियता देखाउँदा अदालतकै विश्वसनीयतामा प्रश्न उठ्ने बताउँछन ती पूर्व न्यायाधीश ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register