विपद्का घटनामा ८४ जनाको मृत्यु

झापा, २७ असार । गत वैशाखयता विपद्का घटनामा परेर ८४ जनाको मृत्यु भएको छ। यस अवधिमा विपद्‍मा परेर २६ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणका अनुसार वैशाख १ गतेदेखि असार २६ गतेसम्म सबैभन्दा धेरै चट्याङबाट २४ जनाले ज्यान गुमाएका छन् । चट्याङमा परेर १५५ जना घाइते भएका छन् । [...] The post विपद्का घटनामा ८४ जनाको मृत्यु appeared first on Jhapa Online.

Jul 11, 2025 - 04:33
 0
विपद्का घटनामा ८४ जनाको मृत्यु

झापा, २७ असार । गत वैशाखयता विपद्का घटनामा परेर ८४ जनाको मृत्यु भएको छ। यस अवधिमा विपद्‍मा परेर २६ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणका अनुसार वैशाख १ गतेदेखि असार २६ गतेसम्म सबैभन्दा धेरै चट्याङबाट २४ जनाले ज्यान गुमाएका छन् । चट्याङमा परेर १५५ जना घाइते भएका छन् । चट्याङपछि आगलागीमा परेर १३ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् ।

त्यसैगरी, जनावरको आक्रमणबाट ११ जना, उच्च हिमाली भेगमा लेक लागेर ११ जनाको मृत्यु भएको छ। यस अवधिमा वर्षा, बाढी र पहिरोमा परेर १५ जना, असिना र हावाहुरीबाट आठ जना, सर्पको टोकाइबाट २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी जंगली जनावरको आक्रमणबाट ४३ जना, हवाहुरीबाट ३७ जना, लेक लागेर २४ जना, पर्सले डसेर २२ जना, बाढीपहिरोबाट १३ जना, वन डढेलोमा परेर २ जना, असिनाबाट १ जना र डुंगा पल्टेर १ जना घाइते भएका छन् । बिहीबार मात्रै विपद्का घटनामा परेर ४ जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते र ६ जना नै बेपत्ता भएका छन् ।

The post विपद्का घटनामा ८४ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register