उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न तीन देशलाई रूसको चेतावनी

काठमाडौं । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न अमेरिका, जापान र दक्षिण कोरियालाई चेतावनी दिएका छन् । उत्तर कोरियाको पूर्वी शहर वोन्सानमा आयोजित भेटघाटमा लाभरोभले भने, “हामी ती मुलुकहरूलाई चेतावनी दिन्छौं, जसले उत्तर कोरिया वा रुसविरुद्ध लक्षित गठबन्धन बनाउन खोज्दैछन् ।” उनले दक्षिण कोरिया, जापान र अमेरिकालाई उल्लेख गर्दै यस्ता सुरक्षा अभ्यासहरूले […]

Jul 13, 2025 - 07:53
 0
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न तीन देशलाई रूसको चेतावनी

काठमाडौं । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न अमेरिका, जापान र दक्षिण कोरियालाई चेतावनी दिएका छन् ।

उत्तर कोरियाको पूर्वी शहर वोन्सानमा आयोजित भेटघाटमा लाभरोभले भने, “हामी ती मुलुकहरूलाई चेतावनी दिन्छौं, जसले उत्तर कोरिया वा रुसविरुद्ध लक्षित गठबन्धन बनाउन खोज्दैछन् ।” उनले दक्षिण कोरिया, जापान र अमेरिकालाई उल्लेख गर्दै यस्ता सुरक्षा अभ्यासहरूले क्षेत्रीय अस्थिरता निम्त्याउने बताए ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङसँगको भेटमा लाभरोभले रूस–युक्रेन युद्धप्रति देखाएको “बिना सर्त समर्थन” का लागि आभार व्यक्त गरेका थिए । उनले राष्ट्रपति भ्लादिमिर पुटिनको सन्देशसमेत हस्तान्तरण गरेका थिए ।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार दुवै देशले रणनीतिक र सामरिक सहयोगलाई अझ तीव्र बनाउने प्रतिबद्धता गरेका छन् । किमले पनि भनेका छन्, “उत्तर कोरिया र रुसबीच सबै रणनीतिक विषयमा समान धारणा रहेको छ ।”

लाभरोभले उत्तर कोरियाको आणविक हतियार विकास प्रयासप्रति समर्थन जनाउँदै भने, “यी प्रविधिहरू उत्तर कोरियाली वैज्ञानिककै प्रयासबाट विकास भएको हो । हामी यसको कारणलाई बुझ्दछौं र सम्मान गर्छौं ।”

रुसले युक्रेन युद्धमा उत्तर कोरियाबाट सैनिक र हतियार सहायता पाएको पुष्टि गर्दै लाभरोभले उत्तर कोरियाली सेनाले रूसको कुर्स्क क्षेत्रतर्फ युक्रेनी हमलाविरुद्ध ‘महत्वपूर्ण सहयोग’ गरेको उल्लेख गरे ।

दक्षिण कोरिया, जापान र अमेरिका भने उत्तर कोरियाबाट रुसमा प्रवाहित हतियार साटासाटको असर र सम्भावित प्रविधि स्थानान्तरणबारे चिन्तित छन् । उनीहरूबीचको त्रिपक्षीय सैन्य अभ्यासहरू अझ सघन भइरहेका छन् । पछिल्लो पटक अमेरिकी आणविक क्षमतायुक्त बमबर्षकसहित संयुक्त सैन्य अभ्यास भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register