वर्ल्डलिंक बन्यो काठमान्डु गुर्खाजको टाइटल स्पोन्सर

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमान्डु गुर्खाजको शीर्ष प्रायोजक (Title Sponsor) बन्ने भएको छ । वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल र काठमान्डु गुर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाबीच यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता कार्यक्रममा बोल्दै अग्रवालले भने, “हाल नेपालमा क्रिकेट […]

Jul 16, 2025 - 06:29
 0
वर्ल्डलिंक बन्यो काठमान्डु गुर्खाजको टाइटल स्पोन्सर

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमान्डु गुर्खाजको शीर्ष प्रायोजक (Title Sponsor) बन्ने भएको छ ।

वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल र काठमान्डु गुर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाबीच यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै अग्रवालले भने, “हाल नेपालमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो र यसले सबै उमेर समूहका मानिसलाई जोडेको छ । हामी वर्ल्डलिंकले लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटको समर्थन गर्दै आएका छौं । अब काठमान्डु गुर्खाजमार्फत हामीले त्यो साथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएका छौं । वित्तीय पक्षभन्दा पनि महत्वपूर्ण कुरा भनेको हामीजस्ता कम्पनीहरू नेपाल प्रिमियर लिगजस्ता लिगहरूसँग जोडिनु हो । खेलको दीर्घकालीन प्रगतिको लागि यस्ता सहकार्यहरू आवश्यक छन् ।”

काठमान्डुका कार्यकारी निर्देशक सिरोहियाले भने, “कुनै पनि लिगको सफलता ठूला कम्पनीहरूको सहभागितासँग जोडिएको हुन्छ । हामीलाई खुशी लाग्छ कि वर्ल्डलिंक जस्तो प्रतिष्ठित ब्रान्ड अब हाम्रो टोलीमार्फत नेपाल प्रिमियर लिगसँग जोडिएको छ । यस साझेदारीसँगै हामीले प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेका छौं र तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ ।”

आगामी सिजनका लागि काठमान्डुले राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ । साथै, टोलीले करण केसी (मार्की खेलाडी) सहित भिम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ ।

काठमान्डु र वर्ल्डलिंकबीचको यो साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न थप मद्दत पुर्‍याउने विश्वास गरिएको छ, साथै निजी क्षेत्रको सहभागिताबाट राष्ट्रिय खेलको दिगो विकासमा टेवा पुर्‍याउने कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register