झापा कलवलगुरीको प्रशिक्षण प्रतिष्ठानलाई १० करोड ४७ लाख ५० हजार बजेट

झापा, १ साउन । कोशी प्रदेश अन्तर्गत झापाको कलवलगुरीमा अवस्थित प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रतिष्ठानको चौथो परिषद् बैठकले बजेट स्वीकृत गरेको हो । प्रदेश सरकारले एकमुष्ट रुपमा दिएको २ [...] The post झापा कलवलगुरीको प्रशिक्षण प्रतिष्ठानलाई १० करोड ४७ लाख ५० हजार बजेट appeared first on Jhapa Online.

Jul 17, 2025 - 03:27
 0
झापा कलवलगुरीको प्रशिक्षण प्रतिष्ठानलाई १० करोड ४७ लाख ५० हजार बजेट

झापा, १ साउन । कोशी प्रदेश अन्तर्गत झापाको कलवलगुरीमा अवस्थित प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रतिष्ठानको चौथो परिषद् बैठकले बजेट स्वीकृत गरेको हो । प्रदेश सरकारले एकमुष्ट रुपमा दिएको २ करोड ७० लाख र प्रतिष्ठानको आन्तरिक आम्दानी १६ लाख गरेर २ करोड ८६ लाखको कार्यक्रम बैठकले तय गरेको छ ।

त्यस्तै प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत ७ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरको कार्यक्रम स्वीकृत गरिएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अनुसार यो बजेट सरकारको प्रदेश सभाबाट पारित पनि भइसकेको छ ।

बैठकलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रतिष्ठानले कर्मचारीहरूलाई स्मार्टनेस बनाउने गरी तालिम गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिष्ठानलाई सबैले चिन्ने र विश्वासिलो बनाउने गरी अगाडि बढाउन निर्देशन दिनुभयो । आम मानिसले चिन्ने र बदलिँदो प्रविधि अनुसार अपडेट गरेर प्रतिष्ठानलाई अगाडि बढाउन उहाँले जोड दिनुभयो ।

The post झापा कलवलगुरीको प्रशिक्षण प्रतिष्ठानलाई १० करोड ४७ लाख ५० हजार बजेट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register