नेपालमा उदयपुरबाट पहिलो पटक नागरिक प्रतिबद्धता स्वघोषणा लागू 

उदयपुर ।  जिल्ला प्रशासन कार्यालय उदयपुरले सम्भवतः नेपालमा पहिलो पटक ६ जनालाई नागरिकता प्रमाणपत्र प्रदान गरेर नागरिक प्रतिबद्धता स्वघोषणा लागू  गरेको छ।  जिल्ला प्रशासन कार्यालय उदयपुरमा शुक्रवार बिहान ११ बजे ६ जना नेपालीहरुलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्दै साउन १ गतेबाट नेपालमा सम्भवतः पहिलो पटक नागरिक प्रतिबद्धता स्वघोषणासहित नागरिकता वितरण […]

Jul 18, 2025 - 16:07
 0
नेपालमा उदयपुरबाट पहिलो पटक नागरिक प्रतिबद्धता स्वघोषणा लागू 

उदयपुर ।

 जिल्ला प्रशासन कार्यालय उदयपुरले सम्भवतः नेपालमा पहिलो पटक ६ जनालाई नागरिकता प्रमाणपत्र प्रदान गरेर नागरिक प्रतिबद्धता स्वघोषणा लागू  गरेको छ। 

जिल्ला प्रशासन कार्यालय उदयपुरमा शुक्रवार बिहान ११ बजे ६ जना नेपालीहरुलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्दै साउन १ गतेबाट नेपालमा सम्भवतः पहिलो पटक नागरिक प्रतिबद्धता स्वघोषणासहित नागरिकता वितरण गरिएको पहिलो रेकर्ड कायम भएको बताए ।

प्रजिअ लुइँटेलले नेपाली नागरिकता लिएपछि के गर्न हुने नहुने, यसको प्रयोग दुरुपायेग गर्न हनुे नहुने लगायतका विषयमा प्रतिबद्धता स्वघोषणाले स्पष्ट पार्ने बताए।

जिल्ला प्रशासन कार्यालयमा फ्लेक्स बोर्ड राखिएको र साउन १ गतेबाट नेपाली नागरिकता लिने प्रत्येक नेपाली नागरिकलाई उक्त स्वघोषणा पढ्न लगाएर नागरिकको कर्तव्य समेत जानकारी गराउने र यसबाट नागरिकमा कर्तव्य बोध हुन, असल  जिम्मेवार नागरिक हुन सहयोग पुग्ने, प्रेरणा समेत हुने बताईउको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा सात बुँदे प्रतिबद्धता स्वघोषणाको फ्लेक्स प्रिन्ट तयार पारेर कार्यालयको नागरिकता फाँट र विभिन्न ठाउँमा राखिएको छ र उक्त प्रतिबद्धता स्वघोषणामा भनिएको छ ।

 नेपालको नागरिकको हैसियतले देहायको प्रतिबद्धता व्यक्त गर्दछु 

१ राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता,सार्वभौमसत्ता  र अखण्डताको रक्षा गर्नेछु ।

२ नेपालको संविधान र प्रचलित कानुनको  पूर्णरुपमा पालना गर्नेछु ।

३ सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नेछु ।

४ नागकिता प्रमाणपत्रको दूरपयोग गर्ने छैन ।

५ दोहोरो नागरिकता बनाउने छैन । नागरिकता च्यात्ने केरमेट गर्ने छैन । नागरिकता प्रमाणपत्रको संरक्षण गर्नेछु ।

६ नागरिकता अनुसारको आफ्नो पहिचान र विवरण कायम गर्ने छु ।

७ झुटो विवरणका आधारमा नागरिकता दिलनउजे कार्यमा संलग्न हुने छैन ।

प्रमुख जिल्ला अधिकारी प्रमप्रसाद लुइटेलद्धारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय उदयपुरले नागरिक प्रतिबद्धता स्वघोषणा कार्यक्रम असल अभ्यास भएकोले सबै जिल्ला प्रशासन कार्यालयमा र इलाका प्रशासन कार्यालयहरुमासमेत हुन सके कार्य सम्पादनमा एकरुपता हुन सक्ने  बताइएको छ ।

शुक्रवार प्रतिबद्धता स्वघोषणा गर्दै नेपाली नागरिकताको प्रमाणपत्र लिनेहरुमा चौदण्डीगढी नगरपालिका  वडा नं ५ की दिया चौधरी,चौदण्डीगढी नपा १० की सविता चौधरी, बेलका नपा २ का दिवस राई, चौदण्डीगढी नपा ६की लक्ष्मी कुमार चौधरी, त्रियुगा नगरपालिका १की दुर्गा बुढाथोकी र बेलका नपा २ का धिरज राई रहेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register