अमेरिकाको लस एन्जलस प्रहरी तालिम केन्द्रमा विस्फोट, ३ जनाको मृत्यु

काठमाडौँ। अमेरिकी अधिकारीहरूले पूर्वी लस एन्जलसको काउन्टी शेरिफ विभागको तालिम केन्द्रमा भएको विस्फोटमा तीन प्रहरी अधिकारीको मृत्यु भएको बताएका छन्। बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्रमा शुक्रबार बिहान स्थानीय समय अनुसार ७:३० बजे भएको बीबीसीले जनाएको छ। अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले X मा पोस्ट गर्दै घटनालाई ‘भयानक’ भनेर वर्णन गरेकी छिन् र तीन अधिकारीको मृत्यु भएको […]

Jul 18, 2025 - 18:40
 0
अमेरिकाको लस एन्जलस प्रहरी तालिम केन्द्रमा विस्फोट, ३ जनाको मृत्यु

काठमाडौँ।

अमेरिकी अधिकारीहरूले पूर्वी लस एन्जलसको काउन्टी शेरिफ विभागको तालिम केन्द्रमा भएको विस्फोटमा तीन प्रहरी अधिकारीको मृत्यु भएको बताएका छन्।

बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्रमा शुक्रबार बिहान स्थानीय समय अनुसार ७:३० बजे भएको बीबीसीले जनाएको छ।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले X मा पोस्ट गर्दै घटनालाई ‘भयानक’ भनेर वर्णन गरेकी छिन् र तीन अधिकारीको मृत्यु भएको पुष्टि गरेकी छिन्। उनले भनेकी छन्, संघीय एजेन्सीहरू घटनास्थलमा पुगेका छन् र अनुसन्धान गरिरहेका छन्।

विस्फोटको कारण भने खुलेको छैन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register