अनुग्रह बुलियनको पहिलो वार्षिकोत्सवमा चाँदीका गहना र सामग्रीमा विशेष छुट

लन्डन- बेलायतमा हीराका गरगहना र लक्जरी घडीहरुको व्यापार गर्दै आएको नेपाली व्यवसायी स्वामित्वको अनुग्रह बुलियनको वार्षिकोत्सवमा ग्राहकले विशेष अफर पाउने भएका छन् । अल्डरसटस्थित अनुग्रह बुलियनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा अनुग्रह ज्वेलर्समार्फत् बिक्री हुने चाँदीका गरगहना तथा सामग्रीमा विशेष छुटसहितको अफर ल्याएको हो । अफरअन्तर्गत ५ तोलासम्मका चाँदीका गरगहना र सामग्रीमा मेकिङ चार्ज तथा ५ […]

Jul 19, 2025 - 10:48
 0
अनुग्रह बुलियनको पहिलो वार्षिकोत्सवमा चाँदीका गहना र सामग्रीमा विशेष छुट

लन्डन- बेलायतमा हीराका गरगहना र लक्जरी घडीहरुको व्यापार गर्दै आएको नेपाली व्यवसायी स्वामित्वको अनुग्रह बुलियनको वार्षिकोत्सवमा ग्राहकले विशेष अफर पाउने भएका छन् ।

अल्डरसटस्थित अनुग्रह बुलियनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा अनुग्रह ज्वेलर्समार्फत् बिक्री हुने चाँदीका गरगहना तथा सामग्रीमा विशेष छुटसहितको अफर ल्याएको हो ।

अफरअन्तर्गत ५ तोलासम्मका चाँदीका गरगहना र सामग्रीमा मेकिङ चार्ज तथा ५ तोलाभन्दा माथिका गहना र सामग्रीमा मेकिङ चार्ज र वेस्टेज चार्ज दुवै निःशुल्क छ ।

यसका अतिरिक्त ग्राहकले आफ्ना चाँदीका गहना निःशुल्क सफा गराउने सुविधा पनि पाउनेछन् । अफर २१ जुलाईदेखि २६ जुलाईसम्म लागू हुनेछ ।

अनुग्रह ज्वेलर्स म्यानेजर भाष्कर राईलेतीज दशैंतिहारलगायतका ठूला नेपाली चाडपर्व नजिकिंदै गर्दा ग्राहकले छुटको लाभ उठाउन सक्ने विश्वास व्यक्त गरे।

म्यानेजर राईका अनुसार यो छुट अनुग्रहमा उपलब्ध सबै थरीका चाँदीका गरहगहना र सामग्रीहरुमा उपलब्ध छ । चाँदीका गहनामा कानमा लगाउने एअर रिंग, हातमा ब्रासलेट, चेन, चन्द्रहारदेखि नेपाली चाडपर्वमा प्रयोग हुने टीकादानी, करुवा र घरमा सजाउन प्रयोग हुने साना गाग्री, कप, मग, खड्कुलासम्म अनुग्रहमा पाइन्छन् ।

अनुग्रहले दिएको चाँदीका गहना तथा सामग्रीको छुट स्टोर र अनलाइन दुवै माध्यमबाट सदुपयोग गर्न सकिन्छ । बेलायतभरबाट अनालाइन अर्डर गर्दा घरसम्मै डेलिभरीको सुविधा मिलाइएको छ ।

अनुग्रह बुलियनले पहिलो एक वर्षमा प्राप्त विश्वासका लागि ग्राहकप्रति कृतज्ञता व्यक्त गरेको छ। ग्राहकको आवश्यकता र समयको मागलाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्तै आकर्षक अफर ल्याउने र सेवालाई थप चुस्त बनाउन प्रतिबद्धता जनाएको छ ।

‘बुलियन स्थापनाको पहिलो वर्षमा हाम्रा सबै ग्राहक, शुभेच्छुक तथा स्थानीय समुदायबाट प्राप्त साथ, सहयोग र शुभेच्छाका लागि हामी आभारी छौं’, अनुग्रह बुलियन तथा अनुग्रह ज्वेलर्सका निर्देशक सुमन राईले भने, ‘आउँदा दिनहरुमा पनि हामी ग्राहकहरुको सुविधा र समुदायसंगको सहयोग र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने कोशिस गर्दै जानेछौं ।’

अनुग्रह ग्रुपद्धारा सञ्चालित अनुग्रह बुलियन अल्डरसटमा छ भने अनुग्रह ज्वेलर्सका छुट्टै स्टोर अल्डरसट र प्लमस्टिडमा छन् । अनुग्रहमा हिरा, मोती, ह्वाइट गोल्ड तथा अन्य बहुमूल्य रत्नहरू, रोलेक्स, करटीयर जस्ता बहुमूल्य घडी एवं अर्डरबमोजिम आधुनिक सुनचाँदीका गहना सुपथ मूल्यमा उपलब्ध छन् ।बुलियनमा लकरको पनि सुविधा  छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register