तमुधिं यूके आमा समूहले च्यारिटी दौडमार्फत् क्यान्सर रिसर्च यूकेलाई जुटायो ५ हजार पाउण्ड

लन्डन – तमुधिं यूकेको आमा समूहले च्यारिटी दौडमा भाग लिएर क्यान्सर रिसर्च यूकेको लागि ५ हजार पाउण्ड सहयोग संकलन गरेको छ। शनिबार बेलायतको गिल्डफोर्डस्थित स्ट्रोक पार्कमा आयोजित च्यारिटी दौड ‘रेस फर लाइफ’ मा सहभागी भएर ५ हजार पाउण्ड बढीको सहयोग जुटाइएको समूहकी अध्यक्ष कमलादेवी गुरुङले नेपालीलिंकलाई जानकारी दिइन्। संकलित रकमबाट ४ हजार ८ सय १६ […]

Jul 19, 2025 - 15:13
 0
तमुधिं यूके आमा समूहले च्यारिटी दौडमार्फत् क्यान्सर रिसर्च यूकेलाई जुटायो ५ हजार पाउण्ड

लन्डन – तमुधिं यूकेको आमा समूहले च्यारिटी दौडमा भाग लिएर क्यान्सर रिसर्च यूकेको लागि ५ हजार पाउण्ड सहयोग संकलन गरेको छ।

शनिबार बेलायतको गिल्डफोर्डस्थित स्ट्रोक पार्कमा आयोजित च्यारिटी दौड ‘रेस फर लाइफ’ मा सहभागी भएर ५ हजार पाउण्ड बढीको सहयोग जुटाइएको समूहकी अध्यक्ष कमलादेवी गुरुङले नेपालीलिंकलाई जानकारी दिइन्।
संकलित रकमबाट ४ हजार ८ सय १६ पाउण्डको चेक क्यान्सर रिसर्च यूकेका प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ।बाँकी रकम सिधै खातामा ट्रान्सफर गरिएको छ।

च्यारिटी दौड तमुधिं यूके आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङको नेतृत्वमा समूहका ४२ जना सदस्यले सफलतापूर्वक पूरा गरेका थिए। उनीहरुलाई तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङसहित संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, पूर्व अध्यक्षहरु ज्ञाम गुरुङ र हरि गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा विशाल गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङलगायत पदाधिकारी पनि दौडस्थल पुगेर हौसला प्रदान गरेका थिए।

आमा समूह अध्यक्ष कमलादेवी गुरुङले फण्ड रेइजिङ्ग गरी सहयोग रकम जुटाइएको बताइन्। यो अभियानमा आफूहरुलाई सहयोग गर्ने र चन्दा दिने सबै सहयोगी एवं दौडमा सहभागी समूहका सबै सदस्यलाई उनले धन्यवाद ज्ञापन गरिन्।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले पनि च्यारिटी दौडमा सहभागी आमा समूहका सबै सदस्यलाई बधाई एवं धन्यवाद दिए। आमा समूह विगतदेखि नै तमुधिं यूकेको दरिलो खम्बाका रुपमा उभिंदै आएको बताउंदै उनले यस्ता च्यारिटी कर्मले संस्थाको गरिमा र प्रतिष्ठा बढाएको महसुस आफूलाई भएको उनले बताए।

तमुधिं यूके आमा समूहले सन् २०१३ देखि नै हरेक वर्ष to च्यारिटी दौडमा भाग लिएर क्यान्सर रिसर्च यूकेलाई सहयोग गर्दै आएको छ।

तस्विरहरु: मिलन तमु

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register