बेलायतमा देखाइयो बौद्ध भिक्षुको जीवनीमा आधारित ‘सुपर मोङ्क’ र ‘इयर अफ दी बर्ड’

लण्डन- बौद्ध भिक्षुको जीवनीमा आधारित ‘सुपर मोङ्क’ र ‘इयर अफ दी बर्ड’ नामक धार्मिक चलचित्र प्रदर्शनबाट ३ हजार ४ सय ६७ पाउण्ड संकलन भएको छ। गत १७ जुलाई बिहीबार बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके लन्डन ब्रान्चको हाउजिङ प्रोजेक्टलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले अल्डरसटस्थित एम्पायर हलमा दुवै चलचित्र प्रदर्शन गरिएको हो। गत एक वर्षदेखि बीसीसी यूकेको […]

Jul 19, 2025 - 20:02
 0
बेलायतमा देखाइयो बौद्ध भिक्षुको जीवनीमा आधारित ‘सुपर मोङ्क’ र ‘इयर अफ दी बर्ड’


लण्डन- बौद्ध भिक्षुको जीवनीमा आधारित ‘सुपर मोङ्क’ र ‘इयर अफ दी बर्ड’ नामक धार्मिक चलचित्र प्रदर्शनबाट ३ हजार ४ सय ६७ पाउण्ड संकलन भएको छ।

गत १७ जुलाई बिहीबार बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके लन्डन ब्रान्चको हाउजिङ प्रोजेक्टलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले अल्डरसटस्थित एम्पायर हलमा दुवै चलचित्र प्रदर्शन गरिएको हो।

गत एक वर्षदेखि बीसीसी यूकेको अल्डरसटस्थित गुम्बाको प्रमुख लामाको रुपमा कार्यरत खेन्पो सेनाङ ग्याम्जोद्वारा निर्देशित दुवै छोटो चलचित्र बौद्ध धर्म गुरुहरुको जीवन कथामा आधारित छ। चलचित्र छोटो तर आत्मस्पर्षी र ज्ञानवर्धक रहेको दर्शकहरुले बताए । सानो उमेरदेखि बौद्ध गुम्बामा रहेर विभिन्न चरण पार गर्दै कसरी सुपर मोङ्क बन्छ भन्ने विषय कथामा समावेश छ ।

दुवै चलचित्रले थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिई विभिन्न पुरस्कार समेत जितिसकेको बताइएको छ । ति चलचित्रले धर्म गुरुहरुको जीवनीलाई स्पष्ट रुपमा प्रस्तुत गरेको र अत्यन्त मनोरम दृश्यहरु समेटिएको बताउँदै चलचित्र उत्कृष्ट बनेको दर्शकहरुको प्रतिक्रिया थियो ।

तमूधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङको विशेष उपस्थितिमा प्रदर्शनको शुरुवातमा निर्देशक खेन्पो ग्याम्जोले उद्देश्य, चलचित्र निर्माण, कथावस्तुबारे जानकारी गराएका थिए ।

उक्त चलचित्र प्रदर्शनबाट संकलित रकम बीसीसी यूके लण्डन ब्रान्चले आइतबार २० जुलाईका दिन हालै खरिद गरेको भवनमा आयोजना गर्न लागिएको झिन्सेक पूजाको क्रममा ब्रान्चलाई हस्तान्तरण गरिने बीसीसी यूके उपाध्यक्ष मेजर हितमान गुरुङले जानकारी दिए ।


स्मरण रहोस्, बीसीसी यूकेको लण्डन ब्रान्चले हालै करिब ८ लाख पाउण्डको लागतमा भवन खरिद गरेको छ । उक्त भवनलाई बौद्ध गुम्बामा परिणत गर्न लागिएको छ ।

बीसीसी यूके अध्यक्ष आङ्गदावा शेर्पा, आमा प्रमुख जगना गुरुङ, बीसीसी यूके प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, लण्डन ब्रान्चका प्रमुख सल्लाहकार लेप्टेन नारायण गुरुङ एमबीइ, सल्लाहकारहरु, ट्रष्टी सदस्यहरु, बिसीसी यूकेका पदाधिकारीहरु, आमा समूहका सबै पदाधिकारी, आमाहरु, भक्तजन, शुभचिन्तकलगायत दर्शकहरुको उल्लेख्य उपस्थिति थियो।

उक्त चलचित्र प्रदर्शन अघि बीसीसी यूकेका महासचिव मेजर कुमार गुरुङ एमभिओले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी गराउँदै औपचारिक कार्यक्रम संचालन गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register