‘राजनीतिमा अस्थिरता ल्याउने चाल’

–एमाले पोलिटब्युरो बैठकमा कडा आपत्ति–कांग्रेसभित्रै अनुशासन कारबाहीको माग काठमाडौं । राजनीतिक स्थायित्वतर्फ अग्रसर देशको वर्तमान अवस्थालाई अस्थिर बनाउने उद्देश्यले सत्ता परिवर्तनसम्बन्धी हावादारी हल्ला फैलाउने क्रम फेरि शुरू भएको राजनीतिक विश्लेषकहरूको ठहर छ । यस्ता हल्लाहरू बेलाबेलमा हँुदै आइरहेका छन् ।पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला तथा […]

Jul 20, 2025 - 02:58
 0
‘राजनीतिमा अस्थिरता ल्याउने चाल’


–एमाले पोलिटब्युरो बैठकमा कडा आपत्ति
–कांग्रेसभित्रै अनुशासन कारबाहीको माग

काठमाडौं ।

राजनीतिक स्थायित्वतर्फ अग्रसर देशको वर्तमान अवस्थालाई अस्थिर बनाउने उद्देश्यले सत्ता परिवर्तनसम्बन्धी हावादारी हल्ला फैलाउने क्रम फेरि शुरू भएको राजनीतिक विश्लेषकहरूको ठहर छ । यस्ता हल्लाहरू बेलाबेलमा हँुदै आइरहेका छन् ।
पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला तथा हालै एमाले सदस्यता नवीकरण गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मिलेर वैकल्पिक सत्ता समीकरण बनाउने तयारी गरेको भनी एकाएक हल्ला फैलिएको छ ।

तर विश्लेषकहरू भन्छन्– ‘शेखर, प्रचण्ड र विद्याहरूसँग सरकार बनाउन आवश्यक संख्याको समर्थन छैन, यिनको समीकरणले संसद्मा बहुमत पुग्ने सम्भावना शून्यजस्तै छ, त्यसै हल्ला फैलाएर राजनीतिलाई अस्थिर बनाउने खेल खेलियो, यस्ता हल्लाले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने, स्वार्थको दुनो सेक्ने तत्वहरूको चाल झल्किन्छ ।’

नेकपा एमालेको शुक्रवार बसेको पोलिटब्युरो बैठकमा यस्तो हल्लाको कडा शब्दमा विरोध गर्दै ‘राजनीतिक सन्तुलन र स्थायित्वलाई अस्थिर बनाउन नियोजित रूपमा हल्ला फैलाइएको’ ठहर गरेको छ । बैठकमा सहभागी नेताहरूले यस्तो हल्ला फैलाउने तत्वविरुद्ध खेद व्यक्त गर्दै चेतावनी दिएका छन् ।

एमाले–कांग्रेस गठबन्धनको सरकार गठन भएर करिब एक वर्ष सफलतापूर्वक सञ्चालन भइरहेका बेला यस्तो हल्ला आएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले समग्र सुशासन, पूर्वाधार विकास र वैदेशिक सम्बन्धमा उपलब्धिपूर्ण कार्य गरेपछि केही ‘असन्तुष्ट’ समूहले विकल्पको बहानामा हल्ला फैलाएको एमाले नेताहरूको दाबी छ ।

यता, नेपाली कांग्रेसभित्र पनि डा. शेखर कोइरालाप्रति असन्तुष्टि बढेको देखिएको छ । पार्टी नेतृत्वमै रहेका देउवा निकट नेताहरूले आफ्नै सरकार ढाल्ने गतिविधिमा संलग्न देखिएको भन्दै शेखर कोइरालामाथि अनुशासन कारबाही गर्नुपर्ने माग सार्वजनिक रूपमै उठाउन थालेका छन् ।

पछिल्लो समय शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी अध्यक्ष ‘प्रचण्ड’सँग भएको भेटवार्ता र ‘सरकारको विकल्प खोज्नुपर्ने’ भनाइले कांग्रेसभित्र विवाद बढेको छ । पार्टी सभापति शेरबहादुर देउवाले यस विषयलाई गम्भीर रूपमा लिनुभएको छ भने कांग्रेसभित्रैबाट ‘सरकार ढाल्ने अभियानमा उत्रन नहुने’ चेतावनी दिइएको छ ।यस्ता हल्ला र गुटगत गतिविधिले केवल राजनीतिक अस्थिरता निम्त्याउने मात्र होइन, लोकतान्त्रिक अभ्यास र स्थायित्वप्रति पनि आघात पुर्‍याउने चिन्ता सत्तारुढ गठबन्धनमा देखिन थालेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register