हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

सिमकोट । सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार आज विहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएका हुन् । स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । के […]

Jul 20, 2025 - 04:27
 0
हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

सिमकोट । सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार आज विहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएका हुन् ।

स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । के कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register