दोस्रो खण्डको चक्रपथ विस्तारमा ढिलाइ हुँदा घाँसले ढाकियो सडक (तस्वीरहरु)

काठमाडौं । काठमाडौं चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकी-सुकेधारा- धोबीखोला सडक वर्षासँगै घाँस र झारले हरियाली भएको छ। सडक विस्तारको काममा ढिलाइ हुँदा अहिले घाँस र झारले सडक नै ढाक्न लागेको छ। करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथको यो दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिए पनि प्रमुख लेन निर्माणको काम […]

Jul 20, 2025 - 05:19
 0
दोस्रो खण्डको चक्रपथ विस्तारमा ढिलाइ हुँदा घाँसले ढाकियो सडक (तस्वीरहरु)

काठमाडौं । काठमाडौं चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकी-सुकेधारा- धोबीखोला सडक वर्षासँगै घाँस र झारले हरियाली भएको छ। सडक विस्तारको काममा ढिलाइ हुँदा अहिले घाँस र झारले सडक नै ढाक्न लागेको छ।

करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथको यो दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिए पनि प्रमुख लेन निर्माणको काम भने अगाडि बढ्न सकेको छैन। चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको यो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडि बढाए पनि बाँकी काम हुन नसकेको सम्बन्धित निकायले जनाएको छ।

हाल कलंकीदेखि नारायणगोपाल चोकसम्म सडकको दायाँबायाँ घाँस र झारले सडक नै ढाकेको छ। त्यसैगरी, नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको ७०० मिटर सडक विस्तारको काम पनि निकै सुस्त गतिमा भइरहेको छ।

यस ढिलाइले ट्राफिक व्यवस्थापनमा थप चुनौती खडा गरेको छ भने यात्रुहरूलाई पनि सास्ती भएको छ।

तस्वीरहरु – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register