पहिरोका कारण इलाममा दुई घरमा क्षति

इलाम, ४ साउन । इलाममा अबिरल वर्षापछि खसेको पहिरोले दुई घरमा आंशिक क्षति पुर्‍याएको छ। साउन ३ गते साँझ ७ः३० बजे इलाम नगरपालिका–५ मान्द्रणीस्थित पुर्ण शंकरको घर माथिबाट खसेको पहिरोले एकतले ढुङ्गा माटो, काठ र टिनको छानो भएको घरको पूर्वपट्टिको कोठामा पूर्ण क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय बिब्ल्याटेले जनाएको छ। त्यसैगरी, साउन ४ गते बिहान [...] The post पहिरोका कारण इलाममा दुई घरमा क्षति appeared first on Jhapa Online.

Jul 20, 2025 - 05:31
 0
पहिरोका कारण इलाममा दुई घरमा क्षति

इलाम, ४ साउन । इलाममा अबिरल वर्षापछि खसेको पहिरोले दुई घरमा आंशिक क्षति पुर्‍याएको छ।

साउन ३ गते साँझ ७ः३० बजे इलाम नगरपालिका–५ मान्द्रणीस्थित पुर्ण शंकरको घर माथिबाट खसेको पहिरोले एकतले ढुङ्गा माटो, काठ र टिनको छानो भएको घरको पूर्वपट्टिको कोठामा पूर्ण क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय बिब्ल्याटेले जनाएको छ।

त्यसैगरी, साउन ४ गते बिहान ४ः०० बजेको समयमा फाकफोकथुम गाउँपालिका–५ माल्टेनीस्थित झगर सिंह मुखियाको घर माथिबाट पहिरो झरेर घरको भित्ता भत्किएको छ। टिनको छानो, काठ र ढुङ्गामाटोबाट बनेको उक्त घर अब बसोबासयोग्य नरहेको बताइएको छ। चार सदस्यीय परिवार अहिले आफन्त डम्बर सिंह मुखियाको घरमा आश्रय लिएका छन् ।

दुवै घटनास्थलमा प्रहरी टोली खटिई आवश्यक जानकारी संकलन गर्दै अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय गजुरमुखीले जनाएको छ ।

The post पहिरोका कारण इलाममा दुई घरमा क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register