मस्कको xAI ले बालबालिका लक्षित ‘Baby Grok’ एप ल्याउने

काठमाडौं । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (AI) कम्पनी xAI ले बालबालिकालाई लक्षित गरी नयाँ एप “Baby Grok” ल्याउने घोषणा गरेको छ। यो एप विशेष गरी बालबालिका-मैत्री सामग्रीमा केन्द्रित हुने मस्कले एक्समार्फत जानकारी दिएका छन् । हालैका दिनमा AI प्रविधि विभिन्न क्षेत्रमा विस्तार भइरहेको बेला, xAI ले बालबालिकाको लागि सुरक्षित र उपयुक्त सामग्री उपलब्ध गराउने उद्देश्यले […]

Jul 20, 2025 - 05:43
 0
मस्कको xAI ले बालबालिका लक्षित ‘Baby Grok’ एप ल्याउने

काठमाडौं । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (AI) कम्पनी xAI ले बालबालिकालाई लक्षित गरी नयाँ एप “Baby Grok” ल्याउने घोषणा गरेको छ। यो एप विशेष गरी बालबालिका-मैत्री सामग्रीमा केन्द्रित हुने मस्कले एक्समार्फत जानकारी दिएका छन् ।

हालैका दिनमा AI प्रविधि विभिन्न क्षेत्रमा विस्तार भइरहेको बेला, xAI ले बालबालिकाको लागि सुरक्षित र उपयुक्त सामग्री उपलब्ध गराउने उद्देश्यले यो एप विकास गर्न लागेको बताइएको छ ।

‘Baby Grok’ ले बालबालिकाका लागि शैक्षिक, मनोरञ्जनात्मक र सुरक्षित डिजिटल अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। यद्यपि, एपको विस्तृत फिचरहरू र कहिले सार्वजनिक हुन्छ भन्ने बारेमा भने मस्कले केही जानकारी  दिएका छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register