दाङमा गाडीले च्यापिँदा एक युवकको मृत्यु

काठमाडौं । दाङको लमही नगरपालिका–५ सुनखोलीमा गाडीको चपेटामा परेर २१ वर्षीय राजेशकुमार बानियाको मृत्यु भएको छ। आफ्नै घर अगाडि रोकेको लु ३ च ४८१४ नम्बरको पिकअप गाडी अचानक ब्याक भएर गुड्दा उनलाई च्यापिएको हो। गाडी थाम्ने प्रयास गर्दा दाजु भागेर ज्यान जोगाउन सफल भए पनि राजेशलाई गाडीले घरको भित्तामा च्यापिदिएको थियो। टाउकोमा गम्भीर चोट लागेका […]

Jul 20, 2025 - 06:06
 0
दाङमा गाडीले च्यापिँदा एक युवकको मृत्यु

काठमाडौं ।

दाङको लमही नगरपालिका–५ सुनखोलीमा गाडीको चपेटामा परेर २१ वर्षीय राजेशकुमार बानियाको मृत्यु भएको छ। आफ्नै घर अगाडि रोकेको लु ३ च ४८१४ नम्बरको पिकअप गाडी अचानक ब्याक भएर गुड्दा उनलाई च्यापिएको हो।

गाडी थाम्ने प्रयास गर्दा दाजु भागेर ज्यान जोगाउन सफल भए पनि राजेशलाई गाडीले घरको भित्तामा च्यापिदिएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनलाई लमही अस्पताल पुर्‍याइएको थियो, जहाँ डाक्टरले मृत घोषणा गरे। शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register