मनसुनले सडक अवरुद्ध, ६ मुख्य राजमार्ग प्रभावित

काठमाडौं । मनसुन सक्रिय हुँदै गर्दा देशका विभिन्न ठाउँमा पहिरो र बाढीले सडक अवरुद्ध भएका छन्। सडक विभागका अनुसार आइतबार मात्रै ६ वटा मुख्य राजमार्ग र सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ८९ स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ। अरनिको राजमार्गको सिन्धुपाल्चोक जुरेमा पहिरोले बाटो बन्द भएको छ भने मेची राजमार्गको गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोलामा हेवा खोलाको […]

Jul 20, 2025 - 07:03
 0
मनसुनले सडक अवरुद्ध, ६ मुख्य राजमार्ग प्रभावित

काठमाडौं ।

मनसुन सक्रिय हुँदै गर्दा देशका विभिन्न ठाउँमा पहिरो र बाढीले सडक अवरुद्ध भएका छन्। सडक विभागका अनुसार आइतबार मात्रै ६ वटा मुख्य राजमार्ग र सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ८९ स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ।

अरनिको राजमार्गको सिन्धुपाल्चोक जुरेमा पहिरोले बाटो बन्द भएको छ भने मेची राजमार्गको गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोलामा हेवा खोलाको बहावले सडक अवरुद्ध भएको छ। धनकुटाको भेडेटार रवि राँके सडकमा उपकरण परिचालन गरी सडक खोल्ने प्रयास भइरहेको छ।

मुग्लुङको भेना गाउँमा लेदोसहित पहिरो आएको र कोशी राजमार्गको सङ्खुवासभा देउरालीमा पनि सडक अवरुद्ध छ। त्यहाँबाट पहिरो पन्छाउन एक्स्काभेटर प्रयोग भईरहेको छ।

असार २४ गते आएको बाढीले स्याफ्रुवेसी–रसुवागढी सडक पनि अवरुद्ध भएको छ। विभागले निरन्तर वर्षा र खोलाको बहावका कारण काममा कठिनाइ भए पनि अवरुद्ध सडक छिट्टै खुलाउने बताएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register